
१८ फागुन, काठमाडौं । सचिवालय बैठक बस्नुअघि सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न उपाध्यक्ष गौतम आइतबार बिहान प्रचण्डनिवास खुमलटार पुगेका थिए ।
भटमा प्रचण्ड र गौतमबीच प्रधानमन्त्री केपी ओलीले यसअघिको सचिवालय बैठकले गरेको निर्णयलाई पुनर्विचार गर्न आग्रह गर्ने सहमति भएको बताइएको छ । सचिवालय निर्णय नमान्ने बताएका ओलीको सो निर्णयको प्रतिवाद गर्ने नेताद्धयबीच सहमति भएको खुमलटार स्रोतको दाबी छ ।
गौतमलाई राष्ट्रिय सभामा राष्ट्रपतिले मनोनित गर्ने एक सिटमा पठाउने नेकपा सचिवालयको निर्णय ओलीले उल्याउने बताएका थिए । ओलीले हाल अर्थमन्त्री रहेको युवराज खतिवडालाई नै राष्ट्रियसभामा पठाउने बतएपछि नेकपामा विवाद उब्जिएको छ । आजको सचिवालय बैठकमा यो विषयको विवादलाई टुङ्याउने प्रयास गरिने भएको छ ।
वि.सं.२०७६ फागुन १८ आइतवार १२:१६ मा प्रकाशित