२९ फागुन, काठमाडौं । कोरोना भाइरसको महामारीपछि विश्व चर्चित फुटबल स्टार क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा बसेका छन् ।
उनले फुटवल खेलिरहेको इटालियन क्लव युभेन्टसका डिफेन्डर डेनिली रुगानीमा कोरोनाको पुष्टि भएपछि रोनाल्डो घरमै क्वारेन्टाइनको नियम पालना गरेर बसेका हुन् ।
इटालियन सिरी ए फुटबल पनि अप्रिल ३ सम्म स्थगित गरिएका छन् । पोचुर्गलमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
वि.सं.२०७६ फागुन २९ बिहीवार १५:५३ मा प्रकाशित






























