back
CTIZAN AD

विज्ञप्ति जारी गरेरै कांग्रेस वरिष्ट नेता पौडेलले भने-‘मेरो लडाइँ जारी छ’

वि.सं.२०७६ फागुन ३० शुक्रवार

927 

shares

३० फागुन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अन्दाजका भरमा नेता कार्यकर्तामाथि अनुशासनको कारबाही गरिएको भन्दै आपत्ति जनाएका छन् । शुक्रबार विज्ञप्ति जारी गरेर नेता पौडेलले खुलेआम अन्तर्घात गर्नेसँगै निर्दोशलाई पनि कारवाही हुन नहुने जनाए।

तनहुँका कांग्रेस नेता गोविन्दराज जोशीलाई गरिएको अनुशासनको कारबाहीसँगै तुलना गरी अन्यलाई कारबाही गर्नु न्यायसंगत नहुने उनको धारणा छ। ‘स्वयं वागी उम्मेदवार बनेर खुलेआम अन्तर्गत गर्ने व्यक्ति र आफूलाई मन परेन भन्दैमा अन्दाजको भरमा आरोपित कार्यकर्तालाई सँगै जोडेर कारबाहीको नाटक जो मञ्चन गरिएको छ।’ उनले भनेका छन्।

जोशीकै कारबाहीको रुपमा अन्यलाई पनि कारबाही गर्न लागिएको प्रति उनले आपत्ति जनाएका हुन्। अनुशासनको कारबाहीको प्रक्रिया प्रति आपत्ति जनाउँदै उनले भने, ‘यो घृणित षडयन्त्र हो। यस्तै षडयन्त्र र अनेक विकृत उपाय अबलम्बन गरी सत्तामा हावी भैरहन चाहने प्रवृत्तिसँग मेरो लडाइँ जारी छ।’

अनुशासन समितिले जोशीसहित कैलालीका नेता पुष्कर ओझा, नेपालगञ्जका महेन्द्र मल्ल र डडेल्धुराका पार्टी कार्यालय सचिव रामबहादुर विष्टलाई स्पष्टिकरण सोधेको थियो। पाँच सदस्यीय अनुशासन समितिले सर्वसहमतिमा मात्रै कारबाही सिफारिस गर्ने कार्यादेश पार्टीको छ।

वि.सं.२०७६ फागुन ३० शुक्रवार १२:०६ मा प्रकाशित

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तरराष्ट्रिय दिवस

काठमाडौँ । आतङ्कवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको...

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी । एक वर्षको अवधिमा म्याग्दीबाट रु ७३ करोड मूल्यबराबरको...

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक...

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुर । भोजपुरमा यस वर्ष ९६ प्रतिशत रोपाइँ भएको छ...

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...