back
CTIZAN AD

मकाउमा कार्यरत नेपालीले पठाए महाविर पुनको आविस्कार केन्द्रलाई आर्थिक सहयोग

वि.सं.२०७६ फागुन ३० शुक्रवार

642 

shares

३० फागुन, मकाउ । मकाउमा रहेका नेपालीले सामाजिक अभियन्त महाविर पुनद्धारा संचालित राष्ट्रिय आविस्कार केन्द्र निर्माणको अभियानलाई आर्थिक सहयोग गरेका छन् ।

मकाउमा कार्यरत, अन्तराष्ट्रिय नेपाली समाज मकाउका संयोजक तथा सामाजिक अभियन्ता समेत रहेका धादिङ गंगा जमुना ५ फुलखर्कका प्रजुन कुमार अधिकारीद्धारा मकाउमा संचालित आविस्कार केन्द्रका लागि सहयोग अभियानमा ५३ हजार ५ सय रुपैयाँ (५३,५०० रुपैयाँ) रकम संकलन गरेर आविस्कार केन्द्रको बैंक खातामा पठाईएको छ ।

उक्त रकम इन्द्रध्वज गुरुङमार्फत् बैंकमा जम्मा गरिएको अभियन्ता महाविर पुनले जानकारी दिएका छन् ।

जसमा सहयोग गर्नेहरुमा लोकेश न्यौपाने संखुवासभा ७,५१५, प्रजुन कुमार अधिकारी धादिङ, ७,५००, विकास कपाली काठमाण्डौं ७,२७५, नरबहादुर खत्री सोलुखुम्बु ४,३६५, नकुल प्याकुरेल नुवाकोट २,९१०, संजिव कुँवर लम्जुङ १,४५५, प्रेम कुमार बिक सोलु १,४५५, दावा पासाङ शेर्पा सोलु ३०००, कृष्ण बहादुर सुनार पर्वत २,९१०, जितेन्द्र दाहाल र उषा दाहाल ललितपुर ३०००, शेर सुनार म्याग्दी १,४५५, अमर आर सि सिराहा २,९१०, केशर जंग आले लम्जुङ ५,२५० र सुजन कुमाल लम्जुङ २,९१० गरेर जम्मा ५३ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग पठाइएको हो ।

रकम संकलनका अभियन्ता प्रजुन कुमार अधिकारीले अहिले यति सहयोग पठाइएको र पछि थप अभियान संचालन गरेर सहयोग पठाइने बताएका छन् । उनले सहयोगका लागि अपिल समेत गरेका छन् ।
यस्तो छ अधिकारीको अपिल
‘मकाउ राष्ट्रिय आविस्कार केन्द्रका लागी संकलित रकम जम्मा गरिदिएको साथै थप सहयोगका निमित्त अभियान जारी रहेको विषयमा जानकारी !

महान बैज्ञानिक बिचार भएका महाबिर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई मकाउमा बैदेशीक रोजगारीमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुबाट सहयोग गर्न प्रजुन कुमार अधिकारीको अपिल

समाज सेवामा समर्पित दुःखि गरिब तथा बिपतमा परेका मानव हरुलाई निरन्तर सहयोग गर्दै आएको र अहिले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गर्न अभियान थालेको हुँ । आज म हजुरहरू समक्ष एक अपिल लिएर आएको छु । हामीले मकाउबाट धुर्मुस सुन्तली फाउण्डेशनलाई हरेक दःुखी पीडित असाहयहरूलाई मिर्गौला पीडित क्यान्सर पीडित बाढी पीडित महाभूकम्प पीडित सबैमा सहयोग गर्दै आईरहेका छौ,भने ।

अब हामी सबै मिलेर महाबिर पुन राष्ट्रिय अविस्कार केन्द्रलाई सहयोग गर्ने बेला आएको छ । उहाँको सपना हामी सबैको सपना हो । सिंगो देशको सपना हो । उहाँलाइ नचिन्ने कमै छन् , तर उहाँलाई सरकारबाट आर्थिक सहयोग प्राप्त छैन । मान सम्मान अवार्डहरू त अनगिन्ती पाइसक्नु भएको छ । महाबिर पुन भन्नु हुन्छ, ‘मलाइ अब भारी भयो कसैले अवार्डको लागी नोमिनेशन नगरिदिनु होला । अवार्डको सट्टा बरू मेरो अविस्कार केन्द्रलाइ सहयोग गरिदिनु होला या ऋण दिनुहोला ।’

आशा छ हजुरहरूले सकेको आर्थिक सहयोग गर्नु हुनेछ बिगतमा जसरी, सहयोगी मनबाट गरिन्छ कसैलाइ करकाप र मेसेजमा गएर माग्ने कदापि छैन हजुरहरूको स्वेइच्छा हो, हजुरहरूले सहयोग गर्न चाहेमा तल राष्ट्रिय अविस्कार केन्द्रको बैक खाता राखेको छु, सिधै तलको खातामा रकम डिपोजिट गरिदिनु होला र भौचर मलाइ पठाउनु होला प्लीज । मैले बिगतमा जसरी सहयोगी मनहरूको तस्बीर सहित अपडेट गर्नेछैन । मात्र हजुरहरूको सहयोग रकम र नामावली क्रमबद्ध रूपमा अपडेट गरिने जानकारी गराउन चाहान्छु ।

यो सर्तमा जो पनि अभियान्ता बनेर या सहयोगी हात भएर हातेमालो गर्न सकिन्छ , तर एकदम इमान्दारी र पारदर्शिता सहित काम गर्नु पर्छ । कसैले महाबिर पुनको नाउँमा रकम संकलन गरेर दुरूपयोग नगरियोस् भनेर खबरदारी पनि यहि पोस्ट मार्फत् गराउन चाहान्छु ।’
धन्यबाद ।’
प्रजुन कुमार अधिकारी
मकाउ

वि.सं.२०७६ फागुन ३० शुक्रवार १३:२४ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...