back
CTIZAN AD

देशैभरीका लघुवित्त संस्थाहरुको अध्यक्ष बने बुटवलका जगत पोखरेल

वि.सं.२०७६ फागुन ३० शुक्रवार

1.5K 

shares

३० फागुन, काठमाण्डौं । देशैभरीका लघुवित्त संस्थाको संचालक समितिको अध्यक्षमा जगत पोखरेल चयन भएका छन् ।

देशैभरीका ९० बढी लघुवित्त संस्थाका अध्यक्षहरुको फागुन ३० गते काठमाण्डौंमा भएको एक भेलाले गठन गरेको नयाँ संस्था ‘लघुवित्त संस्था’ मा चौतारी लघुवित्तिय संस्थाका अध्यक्ष पोखरेल चयन भएका हुन् ।

उक्त संस्थाको उपाध्यक्षमा ग्रामीण लघुवित्तका माणिकरत्न शाक्य र फरवार्ड लघुवित्तका भगवती चौधरी, महासचिवमा जनउत्थान लघुवित्तका बाबुराम विश्वकर्मा, सचिवमा सूर्योदय लघुवित्तका अनन्तकुमार श्रेष्ठ, कोषाध्यक्षमा आंधिखोला लघुवित्तका नरेश केसी तथा सदस्यहरुमा वोमी माइक्रोफाइनान्सकी विमला उपाध्याय घिमिरे, अभियान लघुवित्तका बाबुराम थापा र सुपर लघुवित्तका किरण चौधरी चयन भएका छन् भने दुई सदस्य पछि थप गरिने बताइएको छ ।

अध्यक्ष पोखरेलले संस्थालाई भविष्यमा लघुवित्त महासंघको रुपमा रुपान्तरण गर्ने उद्देश्यसहित लघुवित्त बैंकर्स संघ स्थापना गरिने बताएका छन् । अहिले देशभर ९० ओटा लघुवित्त संस्था छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पुस मसान्तसम्म ९० वटा संस्थाको कूल पुँजीकोष ३२ अर्ब ५९ करोड र कूल कर्जा प्रवाह २ खर्ब ५६ अर्ब ३१ करोड रहेको छ ।

७७ वटै जिल्लामा कार्यक्षेत्र विस्तार गरिसकेका यी संस्थाहरुको कूल तीन हजार ८६१ शाखा, दुई लाख ९८ हजार ३५९ वटा सेवा केन्द्र तथा एकलाख ५,५३८ समूह रहेको बताइन्छ । साथै लघुवित्त क्षेत्रमा अठार हजार ८८५ जना कर्मचारी, पैतालिस लाख ७९ हजार ८१५ जना सदस्य रहेकोमा अठ्ठाइस लाख पाँचहजार आठसय पन्ध्र जनाले यी संस्थाबाट ऋण लिएको बताइएको छ ।

वि.सं.२०७६ फागुन ३० शुक्रवार १६:५५ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...