१ चैत, काठमाण्डौं । प्रधान सेनापति पूर्णचन्द्र थापाले कोरोना टाक्सफोर्समा खटिएका सैनिक र गैह्रसैनिकलाई कदर स्वरुप ‘प्रधानसेनापति निशान’ प्रदान गरेका छन् ।
फागुन ३० गते जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमकाबीच सम्मानित सवैलाई सम्बोधन गर्दै प्रधानसेनापति थापाले जोखिमका बावजुद सरकारबाट दिइएको जिम्मेवारीलाई अहोरात्र खट्टिई निर्वाह गरेर प्रशंसनिय कार्य गरेको भन्दै धन्यवाद समेत दिएका थिए ।
उनले उक्त साहसिक कार्य सबैका लागि प्रेरणादायी हुने विश्वास समेत व्यक्त गरेका थिए ।

चीनमा कोरोना भाइरस संक्रमण बढे पश्चात चीनमा रहेका १७५ जना नेपालीलाई देश फर्काउन र क्वारेन्टाइनका लागि फागुन ४ गतेबाट १८ गतेसम्म भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राखिएकाहरुको स्वास्थ्य अवस्थाको रेखदेख गर्न खटिएका १९ जना सैनिक र १ जना ग्रैह सैनिक डाक्टरलाई ‘प्रधानसेनापति निशान’बाट सम्मान गरिएको बताइएको छ ।
वि.सं.२०७६ चैत १ शनिवार ११:५७ मा प्रकाशित






























