
१.
माहुरी भए उड्थे
शरीरमा आँखै आँखा
पिलो निचोर्न म सक्तिन ।
२.
सुनकै कलश हो
गालेर आकार देऊ
हाँडी फुटेर जोडिदैन ।
३.
तेल भइ भिजाऊ
दिप जलिरहुँला म
बादलुको बाती कातेर ।
४
खुट्टा त टेकि हेर !!
मान्छे मात्रै भए पुग्छ,
भगवान बन्न हतार !!
५.
निशाचरको यात्रा
भिडभाड अन्धकार
माछा धमिलो पानी भित्र ।
वि.सं.२०७६ चैत १ शनिवार १०:०४ मा प्रकाशित