२ चैत, काठमाडौं । कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सिंहदबार जाने हरेक व्यक्तिको तापक्रम परीक्षण हुने भएको छ । त्यसको लागि सिंहदबार छिर्ने मुख्य द्वार दक्षिण, उत्तर र पूर्वी गेटमा ज्वरो परीक्षण गर्ने तयारी भएको हो । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिले दिएको निर्देशनअनुसार सिंहदरबारका मुल गेटमा ज्वरो परीक्षण गर्ने तयारी गरिएको बताए।
सकेसम्म सिंहदबार छिर्ने हरेकको ज्वरो ताप्ने कार्य आजैबाट शुरु गरिने तयारी भएको बताइएको छ। ज्वरो परीक्षणबाट भित्र छिरेका हरेक सांसद, कर्मचारी तथा अन्य सेवाग्राहीले आफू जाने सम्बन्धित मन्त्रालय सिंहदबारभित्र रहेको अन्य कार्यकलयमा जादा कार्यलयको गेटबाट स्नेटाइजर लगाएर मात्रै भित्र छिर्ने व्यवस्थासमेत गरिने तयारी भएको बताइएको छ ।
महानिर्देशक श्रेष्ठले गोंगबुस्थित नयाँ बसपार्कमा आउने जाने गर्ने हरेक व्यक्तिको पनि ज्वरो परीक्षण बताए।
वि.सं.२०७६ चैत २ आइतवार १५:१८ मा प्रकाशित






























