काठमाडौँ । नेपालको हाँस्य रियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो संस्करणको उपाधि हिमेश पन्तले जितेका छन् ।
कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको कमेडी च्याम्पियनको अन्तिम प्रतिस्पर्धामा हिमेश पन्त, खड्गबहादुर पुन मगर र सुमन कोइराला पुगेका थिए । चैत १ गते भएको फिनालेमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले विजेता घोषणा गरेका थिए ।
वि.सं.२०७६ चैत २ आइतवार १५:३८ मा प्रकाशित

























