back
CTIZAN AD

कृतिम अभाव सिर्जना गरिएको भन्दै कागेश्वरी मनोहरा नगरपालिकाले सुरु गर्यो बजार अनुगमन

वि.सं.२०७६ चैत २ आइतवार

1.5K 

shares

२ चैत, काठमाण्डौं । कागेश्वरी मनोहरा नगरपालिकाले बजारमा कृतिम अभाव सिर्जना गरिएको भन्दै आजदेखि बजार अनुगमन सुरु गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) त्रासका बेला केही व्यापारीहरुले दैनिक आवस्यकताका समानमा कृतिम अभाव सिर्जना गरी बढी मूल्य लिइ सामान बेच्ने गरेको जानकारी प्राप्त भएको भन्दै आजैदेखि बजार अनुगमन गर्ने निर्णय गरिएको नगरपालिकाद्धारा जारी सूचनामा भनिएको छ ।

नगरप्रमुख कृष्ण हरि थापाद्धारा आइतबार जारी गरिएको विज्ञप्तिमा आजैदेखि नगरप्रहरी तथा सम्बन्धीत वडाका जनप्रतिनिधिलाई यस कार्यको जिम्मेवारी तोकिएको समेत बताइएको छ । ‘कहि कसैलाई यस्तो कार्य गरे गराइएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने व्यहोरा सबैलाई जानकारी गराउँदै त्यस्ता कार्य गरेको पाइएमा उजुरी गर्नहुन अनुरोध छ ।’ उक्त विज्ञप्तिमा भनिएको छ ।

नगरपालिकाले उजुरीकर्ताको नाम गोप्य राखिने जानकारी दिँदै नगर प्रमुख ९८५१०२७१२१, उपप्रमुख ९८४३०१५७९९, नगर प्रवक्ता ९८५१०९४९२२ र नगरप्रहरी ९८४९४२०३४० र ९८६००३४८१० नम्बरमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

वि.सं.२०७६ चैत २ आइतवार १५:५७ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...