back
CTIZAN AD

अपडेटः १५२ देशमा फैलियो कोरोना, ५ हजार ८ सय ३३ ले ज्यान गुमाए

वि.सं.२०७६ चैत २ आइतवार

783 

shares

कोरोना भाइरसको संक्रमण १ सय ५२ देशमा फैलिएको छ । विश्वभर ज्यान गुमाउनेको संख्या ५ हजार ८३३ पुगेको छ भने १ लाख ५६ हजार ४ सय ४५ जना संक्रमित भएका छन् । कोरोनाको सबैभन्दा बढी चपेटामा परेको चीनमा भने पछिल्लो २४ घण्टामा कसैमा पनि नयाँ संक्रमण देखिएको छैन ।

यद्यपी उपचाररत १० हजार ४ सय २५ मध्येका १० जनाको भने मृत्यु भएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । योसँगै चीनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार २ सय ३ पुगेको छ ।

कोरोना भाइरसको संक्रमण उच्च भएपछि युरोपेली सङ्घका दुई ठूला मुलुक स्पेन र फ्रान्सले पनि आपतकालीन प्रतिबन्ध लगाएका छन् । इटालीले देशभर यात्रामा प्रतिबन्ध लगाउँदै खाद्यान्न र औषधि पसल बाहेकका सबै व्यवसाय बन्द गरिरहँदा स्पेन र फ्रान्सले पनि प्रतिबन्ध लगाएका हुन् । स्पेनमा मानिसहरुलाई अत्यावश्यक सामग्री किन्न बाहेक घरबाहिर ननिस्कन आह्वान गरिएको छ ।

स्पेनमा अहिलेसम्म कोरोना भाइरसका कारण १ सय ९६ जनाको मृत्यु भएको छ भने ६ हजार ४ सय जनामा संक्रमण भएको छ । यस्तै फ्रान्समा ९१ जनाको मृत्यु भएको छ भने ४४ सय भन्दा बढी संक्रमित भएका छन् । फ्रान्सका अधिकांश क्याफे, रेस्टुरेन्ट, चलचित्र घर तथा पसलहरु बन्द भइसकेका छन् ।

युरोपको सबैभन्दा बढी प्रभावित देश इटालीमा सोमबारदेखि देशव्यापी ‘लकडाउन’ लागु हुनेछ । इटालीमा अहिलेसम्म कोरोना भाइरसका कारण १४ सय ४१ जनाको मृत्यु भएको छ भने २१ हजार भन्दा बढी संक्रमित भएका छन् ।

सङ्क्रमणबाट बेलायतमा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या दोब्बर पुगेको छ । त्यहाँ थप १० जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या २१ पुगेको बीबीसीले जनाएको छ । बेलायतमा ११ सय ४० जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना नियन्त्रणका लागि सबै क्षेत्रसँग सहयोगको अपिल गरेका छन् ।

अमेरिकाले बेलायत र आयरल्याण्डलाई पनि यात्रामा प्रतिबन्ध लगाएको छ । यसअघि बेलायत बाहेक युरोपका सबै देशमाथि यात्रामा प्रतिबन्ध लगाइएको थियो । बेलायत र रिपब्लिक अफ आयरल्याण्डमाथिको यात्रा प्रतिबन्ध आउँदो मंगलबारदेखि शुरु हुनेछ ।

कोरोना भाईरस नेपालमा भने हालसम्म फैलिएको छैन । देखिएका एकजना संक्रमित पनि उपचारपछि कोरोनामुक्त भएसकेका छन् ।

वि.सं.२०७६ चैत २ आइतवार १६:३२ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन...

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

आज हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर । करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको...