back
CTIZAN AD

जीबन वीमा गर्नेहरुको संख्यामा उल्लेख्य बृद्धि

वि.सं.२०७६ चैत २ आइतवार

1.8K 

shares

२ चैत्र, काठमाडौं । पछिल्ला वर्षहरुमा जीवन वीमा गर्नेहरुको संख्यामा उल्लेख्य बृद्धि भएको छ । चालु आ.ब.को माघ मसान्तसम्मको तथ्याङ्क अनुसार बैदेशिक रोजगार बाहेक कूल जनसंख्याको २२.१२ प्रतिशत जनसंख्या बीमाको दायरामा आएको छ । त्यस्तै बैदेशिक रोजगारिमा जाने सहित बीमा गर्ने जनसंख्या २६.९६ प्रतिशत रहेको छ ।

चालु आब २०७६÷७७ को माघ मसान्त सम्ममा कूल प्रिमियम संकलन ४५.९४ प्रतिशतले बढेको छ । यो दर गत आब २०७५/७६ को सोहि अबधिमा २८.७८ प्रतिशत थियो । यसरी हेर्दा विमा तर्फ मानिसको आकर्षण ह्वात्तै बढेको देखिएको छ ।

वीमा कम्पनीहरुले आब २०७४/७५ को माघ महिना सम्ममा ३६ अर्ब ९३ करोड रुपैंयाँ बराबरको प्रिमियम संकलन गरेकोमा आब २०७५/७६ को सोहि अबधिमा ४७ अर्ब ५६ करोड बराबरको प्रिमियम संकलन गरेका थिए । यो प्रिमियम रकम २८.७८ प्रतिशत हुन आउँछ ।

‘वीमा कम्पनीहरुले ७४ लाख ७८ हजार ८ सय ८४ जनाको बीमा गरेको छन । यो कूल जनसंख्याको २२.१२ प्रतिशत हो ।’

त्यस्तै चालु आबको माघ मसान्तसम्ममा बीमा कम्पनीहरुले ६९ अर्ब ४१ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन । यो रकम अघिल्लो आबको सोहि अबधिको तुलनामा ४५.९४ प्रतिशत हुन आउँछ ।

हाल नेपालमा १९ वटा जीवन वीमा कम्पनीहरु संचालनमा रहेका छन । ती वीमा कम्पनीहरुले ७४ लाख ७८ हजार ८ सय ८४ जनाको बीमा गरेको छन । यो कूल जनसंख्याको २२.१२ प्रतिशत हो ।

बीमा क्षेत्रको एकिकृत पूँजी कोषमा पनि बृद्धि भएको छ । गत आ.ब. २०७५/७६ माघ मसान्तसम्ममा ३८ अर्ब ७७ करोड एकिकृत पूँजीकोष रहेकोमा चालु आबको सोहि अबधिमा बढेर ४८ अर्ब ५४ करोड पुगेको छ । यो अघिल्लो आबको तुलनामा २५.२० प्रतिशत हो ।

बिज्ञहरुका अनुसार नेपालमा बीमा गर्नेहरुको संख्यामा उल्लेख्य बृद्धि भएको छ । बीम गर्नुपर्छ भन्ने धारणा र जनचेतनाका कारण यस्तो भएको उनीहरुको भनाई रहेको छ ।

यो पनि हेर्नुहोस

सात महिनामा जीबन बीमाकम्पनीहरुको मात्र ५४ अर्बको ब्यापार

वि.सं.२०७६ चैत २ आइतवार १६:१२ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...