back
CTIZAN AD

प्रदेश सरकारलाई पर्याप्त अधिकार नभएको मन्त्री भण्डारीको गुनासो

वि.सं.२०७६ चैत ५ बुधवार

672 

shares

५ चैत, काठमाडौँ । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले प्रदेश सरकारलाई पर्याप्त अधिकार प्रदान नगर्दा सङ्घीयताको भावनानुरुप काम गर्न नसकेको बताएका छन् ।

संवाद डबलीले गरेको साक्षात्कार कार्यक्रममा मंगलबार उनीले सङ्घीय सरकारले प्रदेश सरकार र स्थानीय तहको अधिकार क्षेत्रमाथि हस्पक्षेप गर्न नहुने बताए । उनीले प्रदेश सरकारबाट विभिन्न ऐन कानूनहरू बन्ने क्रम जारी रहेको बताउँदै कानूनलाई नागरिक मैत्री तवरले निर्माण गरिएको बताए । उनीले सङ्घ, प्रदेश र स्थानीय तहबीचमा तालमेल हुन नसके नागरिकले सङ्घीयताको अनुभव गर्न नसक्ने भन्दै प्रदेश र स्थानीय तह कमजोर भए सङ्घीयता सङ्कटमा पर्न सक्ने जिकिर गरे ।

उनीले कर्णाली प्रदेश अथाह सम्भावना बोकेको प्रदेश भएको बताउँदै यो प्रदेशलाई सात प्रदेशमध्येको उत्कृष्ट प्रदेशका रूपमा विकास गर्ने गरी सरकारले काम अघि बढाएको बताए । “कर्णालीमा पर्यटनको प्रचुर सम्भावना छ”, उनीले भने, “खानी, पानी र जडीबुटीबाट समृद्ध प्रदेश बनाउने सङ्कल्पका साथ अघि बढेका छौँ ।”

उनीले कर्णाली प्रदेशका पर्यटकीय क्षेत्रमा लगानीकर्ताको आकर्षण बढे पनि सडकलगायत पूर्वाधारको अभावले समस्या सिर्जना भएको बताए । “सडकलगायत विभिन्न पूर्वाधारका लागि डिपिआरको काम अघि बढाइसकिएको छ”, उनीले भने, “पूर्वाधार विना विकास र समृद्धिको लक्ष्य भेटाउन सकिँदैन, त्यसैले पूर्वाधार निर्माणमा बढी केन्द्रित बन्दैछौँ ।”उनीले कर्णाली प्रदेशलाई कर्मचारीले सकसका रूपमा लिने गरे पनि कर्मचारीलाई काम गर्नमा समस्या नरहेको बताए । (रासस)

वि.सं.२०७६ चैत ५ बुधवार ०९:२२ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

उमेर पुगेर बिहे गर्ने छोरीलाई नगरपालिकाले ५१ हजार नगद प्रोत्साहन दिने

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर...