back
CTIZAN AD

भ्रामक समाचारका पछि नलाग्न भन्दै नेपाली सेनाले गर्यो यस्तो अनुरोध

वि.सं.२०७६ चैत ९ आइतवार

978 

shares

९ चैत, काठमाण्डौं । विश्वभरी फैलिएको कोरोना भाइरस कोभिड १९ को महामारी र नेपालमा पनि त्यसको प्रभावले त्रास सिर्जना भएको बताउँदै सेनाले यस्तो संवदेनशील घडीमा भ्रामक समाचारका पछाडि नलाग्न सबैलाई अनुरोध गरेको छ ।

शनिबार विभिन्न सामाजिक संजालमा ‘नेपाली सेनाको हेलिकप्टर प्रयोग गरि आकाशबाट कोरोना भाईरस (कोभिड–१९) विरुद्ध किटनासक औषधी छोडिने’ भन्ने समाचार प्रति नेपाली सेनाले गम्भीर ध्यानाकर्षण भएको बताउँदै यस्ता प्रकारको भ्रामक, झुटो तथा मनगढन्ते समाचारमा विश्वास नगर्न नेपाली सेनाले सबै पाठकवर्गलाई अनुरोध गरेको हो ।

यस्ता प्रकारका समाचार सार्वजनिक भएपछि सेनाले शनिबार एक प्रेसविज्ञप्ति जारी गर्दै यस्तो समाचारमा आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

‘हाल विश्वभर फैलिदै गएको कोरोना भाईरस (कोभिड १९) को उच्च जोखिमलाई मध्यनजर राखि नेपाली सेनाले आन्तरिक रुपमा उक्त भाईरसको रोकथाम तथा संभावित महामारी विरुद्ध न्युनिकरण तथा प्रभावकारी व्यवस्थापनको लागि आवश्यक तयारी शुरु गरेको तथ्य प्रेस विज्ञप्तिमार्फत जानकारी गराईएको सर्वविदितै छ,’ सेनाद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसको अलावा नेपाली सेनाले हेलिकप्टर प्रयोग गरि किटनासक औषधी छाड्ने कुनै योजना नभएको जानकारी गराईन्छ । कोरोना भाईरस कोभिड१९ प्रतिकार्यमा नेपाली सेनाको गतिविधि सम्बन्धमा आम जनमानसमा कुनै दुविधा भएमा नेपाली सेनाको श्री जनसम्पर्क तथा सूचना निर्देशनालयको सम्पर्क नम्बर ९८५१०८३२८८ र ९८५१०७९९१७ मा सम्पर्क गर्न हुन समेत हार्दिक अनुरोध गरिन्छ ।’

नेपाली सेनाले कोरोना भाईरस (कोभिड १९ विरुद्ध आवश्यक आन्तरिक तयारी गरी संक्रमणबाट सुरक्षित रहँदै रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारलाई पूर्ण रुपमा सहयोग गर्ने र उक्त भाईरसको उच्च जोखिम विरुद्ध बचाउ तथा रोकथामका लागि उपलब्ध सबै उपायहरु अवलम्बन गर्न सधैं प्रतिवद्ध रहेको जानकारी समेत गराएको छ ।

वि.सं.२०७६ चैत ९ आइतवार ११:०६ मा प्रकाशित

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

मान्म (कालीकोट) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...