९ चैत, काठमाडौँ । स्कटल्याण्डका पूर्वकप्तान तथा क्रिकेटर मजिद हकमा कोरोना भाइरस पोजटिभ देखिएको छ । क्रिकेटरमा कोरोना भाइरस पोजेटिभ देखिएको भनेर आएको यो पहिलो समाचार हो ।
मजिदले आफुमा कोरोना भाइरस पोजेटभ देखिएको भने ट्विटर मार्फत ट्विट गदैँ जानकारी दिएका हुन ।
Looking forward to potentially getting back home today after testing positive with Coronavirus. Staff at the RAH in Paisley have been good to me & thank you to everyone who has sent me messages of support. Insha Allah the Panther will be back to full health soon. #covid19UK pic.twitter.com/19QfWjzaOq
— Majid Haq (@MajidHaq) March 20, 2020
उनले स्कटल्याण्डका लागि २००५ देखि २०१५ सम्म क्रिकेट खेलेका थिए । उनले आफ्नो अनतराष्ट्रिय क्रिकेट करियरमा स्कटल्याण्डका ७५ अनतराष्ट्रिय खेल खेल्दैँ ८८ विकेट लिएका छन ।
वि.सं.२०७६ चैत ९ आइतवार ११:१८ मा प्रकाशित






























