९ चैत, काठमाडौँ । कोरोना भाइरसबाट सुरक्षित रहन भन्दैँ धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तरारष्ट्रय क्रिकेट रङ्गशाला निर्माणको काम स्थगित गरिएको छ ।
फाउण्डेशनले विज्ञप्तिमा विभिन्न सुरक्षाका उपायहरु अपनाएर रङ्गशाला निर्माणलाई निरन्तरता दिइरहेको भए पनि सरकारले गरेको निर्देशन बमोजिम २५ जना भेला हुन नपाइने भएकाले निर्माणको कामलाई तत्कालका लागि स्थगित गरिएको भनेर उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ,”कामलाई तीब्रतका साथ अघि बढाइरहेका थियौँ, कोरोना सङक्रमणको जोखिमलाई मध्यनजर गर्दै कामदारबाहेक अन्यलाई रङ्गशाला प्रवेशमा रोक लगाउनुका साथै कार्यस्थलभित्र प्रवेश गर्ने हरेकको ज्वरो नाप्ने र ह्याण्ड स्यानिटाइजरको प्रयोग पनि सकेसम्म गरिरहेका थियौँ । कोरोना सङक्रमणप्रति जसरी राज्य संवेदनशिल बनेको छ त्यसैगरी हामीले निर्णय लिनु उपयुक्त ठानेका छौँ ।”
रङ्गशाला निर्माणको काम अझै् तीव्रगतिमा अगाडी बढाउने योजना बनाउँदैँ गर्दा सरकारले २५ जनाभन्दा बढी एक ठाँउमा जम्मा नहुन अपिल गरेकाले रङ्गशालामा कारदार मात्रै दुई सयभन्दा बढी भएकाले पनि काम स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।
वि.सं.२०७६ चैत ९ आइतवार १३:०३ मा प्रकाशित






























