
१० चैत्र । संसार नै ‘लकडाउन’ गराएको नोबेल कोरोना भाइरस अर्थात् (कोभिड १९) को पछिल्लो प्रभाव अमेरिकामा बढ्न थालेको छ ।
चीनको हुवेईको वुहान सिटीबाट सुरु भै इटालीलाई थला नै पारेको र विश्वका १९२ देश पुगिसकेको सो भाइरसले संयुक्त राज्य अमेरिकामा ठूलो आतंक मच्याएको छ ।
सन् २०२० मार्च २३ बिहान ६.४५ सम्म प्राप्त समाचार अनुसार संसारमा ३,३६, ८३८ मानिसमा कोरोना भाइरस सल्केको छ भने मृत्युको संख्या १४, ६१६ पुगेको छ । निको भएकाहरुको संख्या ९७,६३५ छ भने सिरियस बिरामीको संख्या १०,६४० रहेको छ ।
अमेरिकामा मात्रै ९३३९ नयाँ प्रभावित थपिएर प्रभावितको संख्या ३३५४६ पुगेको छ भने २२ मार्च सम्म ४१९ को मृत्यु रहेकोमा २३ मार्चमा ११७ थप मृत्यु भएको छ । इटालीमा भने हिजोको तुलनामा आज थपिने मृतकको संख्या कम रहेको छ । आज इटालीमा थप ६५१ को मृत्यु भएको छ ।
वल्र्डोमीटरका अनुसार चीनमा प्रभावितको संख्या १०५४ मध्ये मृत्युको संख्या ३२६१ पुगेको छ । इटालीमा ५९१३८ मा ५५६० प्रभावित थपिएका छन् भन् ५४७६ को मृत्यु संख्यामा ६५१ थपिएका छन् ।
प्रभावका हिसाबले चीन १०५४, इटाली ६४६९८, अमेरिका ४२८८५, स्पेन ३१७१० क्रमशः छन् भने मृत्यु संख्याको हिसाबले इटाली पहिलो, चीन दोस्रो, स्पेन तेस्रो क्षति व्यहोर्ने देशमा छन् ।
अमेरिकाको न्यूजर्सीमा मात्र ५९० नयाँ केश थपिएको र ४ जनाको निधन भएको, क्यालिफोर्नियामा ४ र लुजियानामा ४ को निधन भएको बताइएको छ ।
यस्तो छ कोरोना भाइरसको अपडेट तथ्याङ्क :
Coronavirus Cases:
Deaths:
Recovered:
213,946 (95%)
10,640 (5%)
97,636 (87%)
14,616 (13%)
वि.सं.२०७६ चैत १० सोमवार ०७:३५ मा प्रकाशित