१० चैत, भारत । विश्वभरी फैलिएको कोरोना भाइरसको महामारीका कारण संसारभरी त्रास सिर्जना भएको छ । चीन, युरोप र खाडी राष्ट्र हुँदै अमेरिका सम्म पुगेको यो भाइरस संक्रमण एसियाका विभिन्न देशका साथै नेपालमा पनि आइपुगेको छ ।
सुरुमा चीनबाट आएका एक युवामा संक्रमण देखिएर पनि निको भइसकेको अवस्थामा आज फेरि फ्रान्सबाट आएकी १९ वर्षीया युवतीमा यो भाइरस पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । उनमा भएको संक्रमणसँगै नेपालमा कोरोना भाइरसका दुई केस देखा परेका हुन् ।
यसैबीच नेपालमा यसको रोकथाम र नियन्त्रणका लागि व्यापक तयारी भइरहेको छ । भारतमा पनि यसको संक्रमण बढेको र त्यहाँ मृतकको संख्या ८ पुगेको छ ।
भारतमा तिब्र रुपमा बढ्दै गएको कोरोना संक्रमण र त्यहाँका नेपालीमा फैलिएको त्रासलाई मध्येनजर गर्दै जनसम्पर्क समिति भारतले कुनैपनि परिस्थितिमा आफूहरु सहयोग गर्न तयार रहेको बताएको छ ।
जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी रुपमा देखिएको सन्त्रास र भारतमा यसको सन्त्रास दिनानुदिन बढिरहेको अवस्थामा यस परिस्थितिमा भारतमा बसोबास गर्ने नेपाली नागरिकहरुलाई आफ्नो स्वास्थ्यको प्रत्याभूति महसुस गरि उच्च सतर्कताका यसको संक्रमणबाट जोगिन अनुरोध गरेका छन् ।
‘साथै यस सम्बन्धित कसैलाई पनि कुनै किसिमको जानकारी, शंका वा समस्या देखापरेमा एकदमै सतर्कताका साथ स्वास्थ्य निकायमा जाँच गर्न आग्रह गर्दछौ विगत केहि दिनदेखि कोविड (१९ महामारीबाट त्रसित भएर नेपाल जानेको संख्या लगातार बढिरहेकोले कृपया नेपाल भित्रिनु पूर्व आफ्नो राम्रोसँग मेडिकल जांचबुझ गरेर जान अनुरोध छ’ अध्यक्ष पाण्डेद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नत्र भने नेपालमा यस महामारीको जोखिम भित्रिने सम्भावना धेरै रहेको छ । यस दुखद घडीमा बिस्वभरि रहेका नेपाली जनसम्पर्क समितिहरुको माध्यमबाट बिस्वभरिका नेपालीहरुको लागि हाम्रो संगठन सदैव प्रवासमा नेपालीको हितमा रहेकोले र आज यस संकटको घडीमा भारतभरिमा कुनै पनि नेपाली दाजुभाई तथा दिदीबहिनी हरुलाई जानकारी समस्या वा शंका भएमा हजुरहरुको सम्बन्धित ठाँउमा हाम्रो संगठनका जिम्मेवार साथीहरुलाई सम्पर्क गर्न हार्दिक अनुरोध गर्दै संगठनबाट सदैव सक्दो सहयोग गर्ने प्रतिबद्दता गर्दछौ ।’
सम्पर्कका लागि
केन्द्रिय अध्यक्ष, बालकृष्ण पाण्डे 91-9958322539
केन्द्रिय महामन्त्री नारायण भुसाल 91-8699277009
देवेन्द्र बोगटी-हैदराबाद 09441300943
शिव बलायर-चेन्नई -08122969648
सुनिता कुँवर, दिल्ली-08826755047
लोकमणि घिमिरे 09826507327
खुम प्रसाद काफ्ले, चंडिगढ़ -918872414228
विराज श्रेष्ठ,पुना -91-9890186610
मिन बोहरा -मुम्बई 07021241759
बिमल बिष्ट, बेंग्लोर -08296408038
राम बहादुर कार्की,कलकत्ता -91-7003779926
सुमित्रा थापा, जबल पुर-918962919734

वि.सं.२०७६ चैत १० सोमवार १८:२९ मा प्रकाशित






























