back
CTIZAN AD

फिल्डमा खट्ने कर्मचारीको ६० प्रतिशत भत्ता थप गर्ने विद्युत प्राधिकरणको निर्णय

वि.सं.२०७६ चैत १० सोमवार

834 

shares

१० चैत्र, काठमाडौँ । सरकारले कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर अत्यावश्यक सेवा बाहेकका अन्य कार्यालयहरु बन्द गर्ने घोषणा गरेको छ । त्यहि अत्यावश्यक सेवा अन्तर्गत पर्ने विद्युत सेवालाई कसरी सहज बनाउने भन्ने विषयमा नेपाल विद्युत प्राधिकरण व्यस्थापन समितिले कर्मचारीको मनोबल बढाउने खालका विभिन्न निर्णय गरेको छ ।

जसअनुसार प्राधिकरणले चैत्र १० देखि २१ गते सम्म मीटर शिकायत, नो–लाइट, र मर्मत सम्भार फांटमा फील्डमा खटने कर्मचारीलाई सुरु तलवको अधिकम ६० प्रतिशत सम्म भत्ता थप गर्ने निर्णय गरेको छ ।

प्राधिकरणको आधिकारीक ट्रेड युनियन र नेपाल विद्युत प्राधिकरणको व्यवस्थापनको प्रयासमा सोमबार बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

उक्त बैठकले काउण्टर सेवा र मीटर रिडिङ कार्य चैत्र २१ गते सम्म स्थगित गर्न, यो अवधिको जरिवाना नलाग्ने, ग्रिडको मर्मतमा काम गर्ने कर्मचारीलाई सुरु तलवको अधिकतम ३० प्रतिशत सम्म थप भत्ता उपलब्ध हुने, फिल्डमा खटिने कर्मचारीका लागि सैनिटाइजर, मास्क, पंजा, एप्रोन लगायत सुरक्षा उपकरणको ब्यबस्था गर्ने निर्णय गरेको छ ।

उक्त बैठकले अन्य कर्मचारीहरूलाई अर्को निर्णय नभएसम्म कार्यालयमा नियमित रुपमा उपस्थित हनुपर्ने तर एक पटक मात्र हाजिर गर्दा हुने भनिएको छ । उपत्यकाका कर्मचारीहरु कार्यालय आउन जानको लागि विभिन्न १० वटा रुटमा सवारी साधनको ब्यबस्था गरिएको पनि निर्णयमा उल्लेख छ ।

वि.सं.२०७६ चैत १० सोमवार १८:४३ मा प्रकाशित

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने...

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...