back

फिल्डमा खट्ने कर्मचारीको ६० प्रतिशत भत्ता थप गर्ने विद्युत प्राधिकरणको निर्णय

वि.सं.२०७६ चैत १० सोमवार

441 

shares
GLOBAL IME AD
NTC AD

१० चैत्र, काठमाडौँ । सरकारले कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर अत्यावश्यक सेवा बाहेकका अन्य कार्यालयहरु बन्द गर्ने घोषणा गरेको छ । त्यहि अत्यावश्यक सेवा अन्तर्गत पर्ने विद्युत सेवालाई कसरी सहज बनाउने भन्ने विषयमा नेपाल विद्युत प्राधिकरण व्यस्थापन समितिले कर्मचारीको मनोबल बढाउने खालका विभिन्न निर्णय गरेको छ ।

जसअनुसार प्राधिकरणले चैत्र १० देखि २१ गते सम्म मीटर शिकायत, नो–लाइट, र मर्मत सम्भार फांटमा फील्डमा खटने कर्मचारीलाई सुरु तलवको अधिकम ६० प्रतिशत सम्म भत्ता थप गर्ने निर्णय गरेको छ ।

प्राधिकरणको आधिकारीक ट्रेड युनियन र नेपाल विद्युत प्राधिकरणको व्यवस्थापनको प्रयासमा सोमबार बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

उक्त बैठकले काउण्टर सेवा र मीटर रिडिङ कार्य चैत्र २१ गते सम्म स्थगित गर्न, यो अवधिको जरिवाना नलाग्ने, ग्रिडको मर्मतमा काम गर्ने कर्मचारीलाई सुरु तलवको अधिकतम ३० प्रतिशत सम्म थप भत्ता उपलब्ध हुने, फिल्डमा खटिने कर्मचारीका लागि सैनिटाइजर, मास्क, पंजा, एप्रोन लगायत सुरक्षा उपकरणको ब्यबस्था गर्ने निर्णय गरेको छ ।

उक्त बैठकले अन्य कर्मचारीहरूलाई अर्को निर्णय नभएसम्म कार्यालयमा नियमित रुपमा उपस्थित हनुपर्ने तर एक पटक मात्र हाजिर गर्दा हुने भनिएको छ । उपत्यकाका कर्मचारीहरु कार्यालय आउन जानको लागि विभिन्न १० वटा रुटमा सवारी साधनको ब्यबस्था गरिएको पनि निर्णयमा उल्लेख छ ।

वि.सं.२०७६ चैत १० सोमवार १८:४३ मा प्रकाशित

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, तीन दिन अझै वर्षाको सम्भावना

काठमाडौँ, ५ जेठः जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान...

आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री

आगामी आम निर्वाचनमा एमालेको एकल बहुुमत आउने गरी लाग्नु : प्रधानमन्त्री

काठमाडौँ  । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का अध्यक्ष...

कोशी प्रदेशका सांसद सवार गाडी दुर्घटनामा

कोशी प्रदेशका सांसद सवार गाडी दुर्घटनामा

विराटनगर । कोशी प्रदेशका सांसद सवार गाडी मोरङको कानेपोखरीमा दुर्घटनामा...

अब ६८ वर्षमाथिका सबैलाई ज्येष्ठ नागरिक भक्ता

अब ६८ वर्षमाथिका सबैलाई ज्येष्ठ नागरिक भक्ता

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले...

गणतन्त्र दिवस मूल समारोह समिति गठन

गणतन्त्र दिवस मूल समारोह समिति गठन

काठमाडौँ । गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी...

फेदीखोलालाई मौरीमय बनाउन १६ हप्ते कृषक पाठशाला

फेदीखोलालाई मौरीमय बनाउन १६ हप्ते कृषक पाठशाला

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकामा व्यवसायिक मौरी पालन सम्वन्धि १६...