back
CTIZAN AD

पुस्तक र पुस्तकालय नीति छिटो आउने

वि.सं.२०७३ पुस ३ आइतवार

948 

shares

३ पुस,काठमाडौँ  । सरकारले छिटो पुस्तक र पुस्तकालय नीति सार्वजनिक गर्ने भएको छ ।

डा डिल्लीरमण रेग्मीको १०४औँ जन्मजयन्ती एवम् शान्ति दिवसका अवसरमा डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिले यहाँ आज आयोजना गरेको कार्यक्रममा शिक्षामन्त्री धनीराम पौडेलले पुस्तक र पुस्तकालय नीति तयार पार्नका लागि गृहकार्य गर्न बनेको कार्यदलले प्रतिवेदन बुझाइसकेकाले नीति ल्याउने तयारी गरिएको बताउनुभयो ।

“कल्पनाका आधारमा लेखिएका पुस्तक र अन्वेषणका आधारमा लेखिएका पुस्तकलाई एउटै कोटीमा राख्न सकिँदैन, नीति नहुँदा पुस्तकका विषयमा निर्णय गर्न समस्या भएको छ, यसैले छिटै नीति ल्याउने तयारी भएको छ”– उहाँले भन्नुभयो ।

नीति नहुँदा स्रष्टाको योगदानको कदर हुन नसकेको मन्त्री पौडेलको भनाइ थियो । डा रेग्मीले जनतालाई सन्तति मान्दै आफ्नो सम्पत्ति राष्ट्रका नाममा दान दिने उच्चस्तरीय निर्णय गर्नुभएकाले यसलाई पछ्याइनुपर्ने धारणा उहाँको थियो ।

मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले डा रेग्मीले सरकारलाई दान दिनुभएको पुस्तकालयमा इतिहास, राजनीति शास्त्र र अङ्ग्रेजीका दुर्लभ पुस्तक सङ्ग्रहित रहेको जानकारी दिनुभयो ।

समितिका अध्यक्ष डा तुलसीप्रसाद भट्टराईले भविष्यका कर्णधार देशभरका पुस्तकालयमा बाल कक्षको व्यवस्था अनिवार्य हुनुपर्ने नियम लागू गर्न शिक्षा मन्त्रालयसँग माग गर्नुभयो ।

इतिहासविद् चित्तरञ्जन नेपालीले डा रेग्मीको व्यक्तित्वमाथि प्रकाश पार्नुहुँदै उहाँ नेपालकै म्याट्रिकमा सर्वप्रथम हुने, एमएड र विद्यावारिधि गर्ने पनि पहिलो नेपाली व्यक्तित्व हुनुभएको तथ्य सुनाउनुभयो ।

समितिका पुस्तकालय प्रमुख भोलाकुमार श्रेष्ठले राष्ट्रिय पुस्तकालय बोरामा थन्किएकाले उचित स्थानमा छिटो निर्माण गरिनुपर्नेतर्फ मन्त्रीको पौडेलको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा समितिका सदस्य चित्रप्रसाद देवकोटाले पुस्तकालयमा २५ हजार पुस्तकको सङ्ग्रह रहेको जानकारी गराउनुभयो । रासस

वि.सं.२०७३ पुस ३ आइतवार १३:०७ मा प्रकाशित

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी, ‘ब्रेक–थ्रु’ छिट्टै

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी, ‘ब्रेक–थ्रु’ छिट्टै

काठमाडौँ । बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना...

विपद्मा कलाकारको हातेमालो

विपद्मा कलाकारको हातेमालो

गण्डकी । केही दिनअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक...

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

काठमाडौँ । नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका...

भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौँ । रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको...

भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

काभ्रेपलाञ्चोक । भोटेकोशी बाढीप्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि काभ्रेपलाञ्चोकका...

भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा  भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग

भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत...