back
CTIZAN AD

प्रदिप नेपाल भन्छन् – सत्तासँगको संघर्ष जारी छ

वि.सं.२०७६ चैत २३ आइतवार

1.4K 

shares

२३ चैत्र, काठमाडौँ । नेपाली कम्युनिष्ट आन्दोलनका प्रभावशाली नेता तथा राजनीतिज्ञ प्रदिप नेपालले सत्तासँगको संघर्ष जारी रहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा ‘सत्ताले अन्धा भएकाहरु यो(समाजवादी) मान्यताको विरुद्धमा छन् दाइ’ पूर्ण इन्फादाको जिज्ञासालाई जवाफ दिँदै उनले ‘त्यसैले संघर्ष जारी छ’ भनेका छन् ।

पूर्ण इन्फादा लगायतका जिज्ञासुहरुले भने शुष्मा राईको फेसबुक स्टाटसमा प्रदिप नेपालले दिएको ढाडसका बारेमा जिज्ञासा राखेका थिए । उनले भनेका छन् ‘कमरेड र साथीहरु शुष्मा राई रामप्रसाद राईको नतिनी हुन् । २००७ सालको क्रान्ति अपूर्ण हो भन्ने उनको मान्यता । उनको कुरामा अर्ति होइन मान्यता छ, गम्भिरतापूर्वक लिऔँ ।’

गैरआवासीय नेपाली अभियानमा समेत सक्रिय रहेकी नेकपा कार्यकर्ता शुष्मा राईले भने अप्रिल ३ मा कडा झटारो हानेकी थिइन ।

उनको स्टाटसमा भनिएको थियो :
‘कमरेडहरु होस सम्हाल्नुहोस । पुर्ब राजा ज्ञानेन्द्र शाह पैसाको अभाबमा सत्ताबाट बाहिरीएका होइनन् । नेपाली कांग्रेसका एक एक नेताहरुसँग घर, गाडी, बंगाला र श्रम नगरी कमाएको अथाह पैसा छ तर आज कांग्रेस कहाँ छ ? सत्ता र शक्ति मात्र लक्ष्य कम्युनिस्टहरुको की समाज रुपान्तरण पनि हो ? । आन्दोलनको, मुल्य र निष्ठाको अझै कति महत्व छ ? पुँजिवादी मुलुकहरुको मानवियता आजको संकटले देखाएको छ । धेरै पैसाको मालिक बन्न मन छ ? छोड्नुस राजनीति । यही कोरोना माहामारीकै सन्दर्भमा जे गरिरहनु भएको छ ? आम मानिस जे भन्दै छन र बुझ्दै छन । यो राम्रो भएको छैन । तपाईका आसेपासेहरुलाई सामाजिक संजालमा जुध्न नपठाउनुहोस । समय र सक्तिको महत्व कम्युनिस्टहरुले कसरी बुझ्नु पर्छ ? छिमेकी चाईनासंग मात्रै भने पनि सिकौँ । आगे भिरका गोरुहरु समान तपाँईहरुलाई राम राम भन्ने विकल्प मात्र रहन सक्छ ।”

वि.सं.२०७६ चैत २३ आइतवार २०:४४ मा प्रकाशित

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने...

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...