२३ चैत्र, काठमाडौँ । नेपाल भारत मानव विकास एवम् मैत्री संघ तथा गान्धी ग्लोबल फेमिली नेपालले ३०० थान पिपिइ सरकारलाई दिएको छ ।
स्वास्थ मन्त्रालयमा आयोजित एक संक्षिप्त कार्यक्रमका बिच नेपाल भारत मानव विकास एवम् मैत्री संघका अध्यक्ष सुर्य भुसालले ती सामानहरु हस्तान्तरण गरेका हुन् ।
हाल विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको र मानव जीवनलाई नै खतरा उत्पन्न गराइरहेको कोरोना भाइरस विरुद्ध संसार एक भएर लडिरहेको स्थितिमा नेपाललाई पनि उक्त जोखिमपूर्ण अवस्थावाट कसरी मुक्त हुन सकिन्छ भनेर सरकार तथा विभिन्न संघ, संस्था एवं नेपाली जनता आ–आफ्नो तर्फबाट सहयोगका लागि जुटिरहेको अवस्थामा उक्त दुई संस्थाका तर्फबाट हस्तान्तरण गरीएको सो संस्थाले जनाएको छ ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र शहरी विकास राज्यमन्त्री रामबिर मानन्धरले उक्त सानो सहयोगले पनि वर्तमान अवस्थामा नेपाली जनतालाई सहयोग पुग्ने भन्दै धन्यवाद दिएको जनाइएको छ ।
वि.सं.२०७६ चैत २३ आइतवार २०:५८ मा प्रकाशित






























