२३ चैत्र, काठमाडौँ । संसार कोभिड–१९ सँग लडिरहँदा ६५ वर्ष भन्दा बढी उमेर भएका बृद्धबृद्धालाई अझै सावधानी अपनाउन भनिएको छ । अरुबाट सजिलै सर्न सक्ने भएकाले यस्ता व्यक्तिहरुलाई सकेसम्म आफूलाई सेल्फ आइसोलेसनमा बस्न सचेत गराइएको छ । यसरी आइसोलेसनमा बस्दा बृद्ध भएका आमाबुबाहरुले आफ्नो सन्तान र नातिनातिनाहरुसँग धेरै समय टाढिनु पर्नेछ । जसकारण उनीहरु मानसिक र शारीरिक रुपमा झनै कमजोर हुन सक्छन् र उनीहरु भाइरसको शिकार भए निको हुन गाह्रो पर्दछ ।
बृद्धबृद्धाहरुमा भाइरस लाग्न सम्भावन बढी किन हुन्छ र लागेमा निको हुन गाह्रो किन हुन्छ त ?
डाक्टरहरु भन्छन् – यसको मुख्य कारण हो, रोगसँग लड्न सक्ने रोगप्रतिरोधात्मक क्षमता कम हुनु । मानिस जति बुढो हुँदै जान्छ, त्यत्ति नै रोगहरुको शिकार हुँदै जान्छन् । डाइबेटिज, स्वास्प्रश्वासको समस्या भएकाहरुलाई यो रोगले धेरै नै सताउँछ ।
चीनमा गरिएको एक अध्ययन अनुसार यी रोग लागेको कुनै पनि व्यक्तिलाई कोभिड १९ को असर बढी देखिन्छ । उमेर जुनसुकै भएता पनि स्वासप्रश्वास समस्या भएकाहरुलाई यो भाइरसले गाह्रो बनाउँछ । यस्ता समस्या प्राय बुढाबुढीमा हुने हुँदा उनीहरुलाई यो रोगले छिटो समाउन सक्छ ।
जब कोभिड १९ हाम्रो शरीरभित्र पस्छ, तब त्यसको असर कति हुन्छ भन्ने कुरा हाम्रो शरीरले रोगसँग लड्ने रोगप्रतिरोधात्मक शक्तिमा भर पर्दछ । रोगप्रतिरोधात्मक शक्ति बलियो छ भने बाहिरी तत्वहरुले त्यसलाई मार्दछ । तर बृद्धहरु शरीरमा रोगप्रतिरोधात्मक शक्ति कम हुने हुँदा उनीहरुमा छिटो आक्रमण हुन्छ ।
रोगसँग लड्ने मुख्य ह्वाइट ब्लड सेल (White Blood Cell) जसले हाम्रो शरीरभित्र आर्मीले जस्तै गरी घाउ छिटोसँग लड्छ । बृद्धबृद्धामा यो कम मात्रामा उत्पादन हुने भएकाले शरीरले नयाँ रोगसँग लड्न सक्दैन ।
जब कोरोना भाइरस हाम्रो स्वासप्रस्वास नलिबाट भित्र जान्छ, तब हाम्रो प्रतिरक्षा प्रणालीले छिटो यसलाई नाश गर्दछ र फैलन दिँदैन । तर बृद्धहरुको प्रतिरक्षा प्रणालीले यसलाई रोक्न नसक्दा बृद्धहरुको फोक्सोमा पसेर सास फेर्न गाह्रो बनाउँछ ।
यतिमात्र नभई बृद्धहरुको प्रतिरक्षा प्रणाली यस्तो हुन्छ की त्यसले कहाँ सेलहरु नष्ट गर्नुपर्छ भनेर चिन्न सक्दैन । यसकारण कहिलेकाहिँ खराब सेल मात्र नभइ स्वस्थ सेल पनि नष्ट गरिदिन्छ । फोक्सोमा झन समस्या देखा पर्दछ र कोरोनाको संक्रमण झनै तिब्र हुन्छ । जसकारण निमोनिया इन्फुलुन्जा हुने सम्भावना बढ्छ । बृद्धहरुलाई औषधिले पनि छिटो काम गर्दैन र निधन हुन सक्छ ।
बृद्धलाई भाइरसको बढी खतरा छ भन्दैमा उनीहरुलाई अपहेलना भने गर्नु हुँदैन फोन गर्ने, भिडियो चाट गरेर प्रोत्साहन गर्नुपर्छ । यो हाम्रो नैतिक कर्तव्य हो । बृद्धमा मात्रै कोभिड १९ लाग्ने भने पक्कै होइन सबै उमेरका व्यक्तिहरु सर्तक रहनुपर्छ ।
(अलजजिरासँग डा. अमिर खानले गरेको कुराकानीको साभारमा आधारित अनुवादित)
वि.सं.२०७६ चैत २३ आइतवार २१:२० मा प्रकाशित






























