२३ चैत, अमेरिका । अमेरिकामा एकै सातामा पाँच नेपालीको मृत्यु भएको छ । जसमा चारजना न्युयोर्कमा र १ जनाको कोलोराडोमा मृत्यु भएको बताइएको छ ।
न्युयोर्कमा मृत्यु हुनेमा नेवा नखः न्युयोर्कको सल्लाहकार अजय छोँचुको अप्रिल ४ मा मृत्यु भएको छ । उनी २२ वर्षदेखि अमेरिकामा रहदै आएका थियो । उनको हृदयघातका कारण मृत्यु भएको बताइएको छ । उनको कोरोनाको उपचार गराउँदा गराउँदै एलमस्ट अस्पतालमा हृदयघातका कारण मृत्यु भएको बताइएको छ ।
त्यस्तै सोलुखुम्बु सोताग कुरिमा निवासी ङगिमा तेम्बा शेर्पाको पनि एलमस्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । ४० वर्षीय शेर्पा माउन्ट एभरेष्ट सम्बन्धी हलिउडमा निर्मित चलचित्रमा समेत अभियन गरेका थिए ।
त्यस्तै क्विन्समा बस्ने मुस्ताङ लोमांगथाङ्ग का ५४ वर्षीय थोक्मे विष्टको अप्रिल ३ तारिखमा मृत्यु भएको बताइएको छ । अस्पतालका अनुसार उनको मुटु र फोक्सोमा समस्या देखिएको पनि जनजाति महांसघ अमेरिकाका सभामुख राजकुमार विष्टले सामाजिक संजालमा लेखेका छन् ।
क्विन्समै ४० वर्षीय सोनाम लामा आफ्नै कोठाभित्र मृत भेटिएका छन् । उनी बस्ने घरको मालिकले उनी केही समयदेखि बाहिर नदेखिएपछि कोठामा गएर हेर्दा मृत भेटिएको बताइएको छ ।
त्यस्तै कोलोराडोमा एकजना नेपालीको मृत्यु भएको बताइए पनि उनको परिचय खुलाईएको छैन ।
स्मरण रहोस् यसअघि क्विन्समै मार्चको अन्तिम सातातिर कोरोना संक्रमणका कारण चैतको दोश्रो साता अनिल सुब्बाको मृत्यु भएको थियो ।
चीनको वुहानबाट सुरु भएर संसारका झण्डै २ सय बढी देशमा फैलिएको कोरोना भाइरस कोभिड–१९ का कारण ३ लाख २१ हजार बढी संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या ९ हजार बढी पुगेको छ । साथै १६ हजार ५५३ जना निको भएर फर्किएको बताइएको छ ।
त्यस्तै अमेरिकामा रहेका नेपालीहरुमध्ये झण्डै ७ सय जना कोरोना संक्रमणको आशंकमा सेल्फ आइसोलेसनमा बसेको बताइएको छ ।
वि.सं.२०७६ चैत २३ आइतवार २१:३५ मा प्रकाशित






























