back
CTIZAN AD

कोरोना अपडेट : थपिए दुई देश, १२ लाख ७३ हजार बढी संक्रमित, मृत्यु संख्या ७० हजार पुग्न लाग्यो

वि.सं.२०७६ चैत २४ सोमवार

954 

shares

२४ चैत्र, काठमाडौँ । संसार नै ‘लकडाउन’ गराएको नोबेल कोरोना भाइरस अर्थात् (कोभिड १९) को प्रभाव अब प्राय विश्वका सबै देशमा परेको छ । चीनको हुवेईको वुहान सिटीबाट सुरु भै इटाली, स्पेन र अमेरीकालाई थला पार्दै यो विश्वका २०८ देश पुगिसकेको छ ।

सन् २०२० अप्रिल ६ बिहान ७.४५ बजेसम्मको प्राप्त समाचार अनुसार संसारका १२ लाख ७३ हजार ४ सय ९९ मानिसमा कोरोना भाइरस सल्केको छ भने मृत्युको संख्या ६९,४५१ पुगेको छ । निको भएकाहरुको संख्या २६२,३५१ छ भने उपचाररत बिरामीको संख्या ९५१,६९७ रहेको छ । जसमध्ये ८९६,१०५ को अवस्था मध्यम छ भने ४४,५९२ को स्थिति चिन्ताजनक रहेको छ । प्रतिशतमा भन्दा संक्रमित भएर घर फर्कने ७९ प्रतिशत छन् भने २१ प्रतिशतको मृत्यु भएको देखिन्छ ।

वल्र्डोमीटरका अनुसार अहिले सबैभन्दा बढी प्रभावित हुनेमा अहिले अमेरिका देखिन्छ । अमेरिकामा मात्रै प्रभावितको संख्या ३३६,६७३ पुगेको छ भने ९,६१६ को मृत्यु भएको छ । मृत्युदरको हिसाबमा हेर्दा इटाली सबैभन्दा बढी प्रभावित देश बनेको छ । अहिलेसम्म १५ हजार ८ सय ७ जनाले ज्यान गुमाएका छन् भने प्रभावितको संख्या १ लाख २८ हजार ९ सय ४८ रहेको छ ।

कोरोना उत्पत्ति भएको देश चीनमा प्रभावितको संख्या ८१७०८ र मृत्यु संख्या ३३३१ पुगेको छ भने मृत्यु हुनेमा २ जना थपिएका छन् ।
प्रभावका हिसाबले अमेरिका, स्पेन, इटाली, जर्मनी, फ्रान्स अनि चीन क्रमशः छन् भने मृत्यु संख्याको हिसाबले इटाली पहिलो, स्पेन दोस्रो, अमेरिका तेसो, फ्रान्स चौंथो, बेलायत पाचौँ, इरान छैठौं र चीन सातौँ क्षति व्यहोर्ने देशमा छन् ।

यस्तो छ कोरोना भाइरसको अपडेट तथ्याङ्क :

वि.सं.२०७६ चैत २४ सोमवार ०७:५९ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...