back
CTIZAN AD

नेपाली काँग्रेसले बनायो कोरोना ‘स्व–परीक्षण वेब एप’

वि.सं.२०७६ चैत २५ मंगलवार

843 

shares

२५ चैत्र, भारत । अब तपाईले घरमै बसेर कोरोना संक्रमण भए नभएको प्रारम्भिक जाँच गर्न सक्नुहुनेछ । नेपाली काँग्रेसले विशेषज्ञ चिकित्सकहरुको परामर्शमा कोरोनाको “स्व- परीक्षण वेब एप” ”(Self assessment tool against covid 19) निर्माण गरी सार्वजनिक गरेको छ ।

काँग्रेसले प्रेस नोट प्रकाशित गर्दै सो एपका विशेषता, उद्देश्य, चिकित्सकीय परामर्श एवम् निर्माण टिमबारे जानकारी गराएको छ ।
www.nepalicongrfesss.org/covid19/ मा गएर कोरोना भाइरस संक्रमणको लक्षण आफूमा रहे नरहेको परीक्षण गर्न सकिन्छ । यदि कसैमा कोरोना संकेत देखिए भौतिक परीक्षण र उपचारका लागि प्रेरित गर्ने र नदेखिए मानसिक तनाबबाट मुक्तिलाई एपले सघाउने बताइएको छ ।

नागरिकमा कोरोना जोखिम बारेको सचेतना अभिबृद्धि गराउन, भौतिक रुपले परीक्षणको दायरा बढाउन नसकेको परिस्थितिमा मनोवैज्ञानिक रुपले नागरिकलाई स्व परीक्षणमा सघाउन जागरुक गराउने र संक्रमणको लक्षण देखिएका नागरिकको पहिचान गर्न बला पु¥याउँदै व्यक्ति, समुदाय र सरकारलाई सघाउने उद्देश्यले एप निर्माण गरिएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

डा अञ्जनी झा, डा बासुदेव पाण्डे, डा अनिलविक्रम कार्की र डा अशेष ढुुंगानाको परामर्शमा इन्जिनियर शशांकश्री न्यौपाने र इन्जिनियर दिपेश विष्टले उक्त एपको निर्माण गरेका हुन् ।

वि.सं.२०७६ चैत २५ मंगलवार ०९:४६ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...