यो माहामारि रोक्ने नै हो भने सरकारहरुले २०२० को अन्त्य या २०२१ सम्म नै यात्राहरुमा कडा प्रबिन्ध लगाउनु पर्छ । सरकारहरुले अत्याबस्यक सामाग्रिहरुमा खर्चको मात्रा अत्याधिक बढाउनु पर्दछ ।
२९ चैत्र, काठमाडौं । विश्वव्यापि माहामारीको रुपमा फैलिरहेको कारोना भाईरसका कारण ५० खर्ब डलर बराबरको क्षति पुग्नसक्ने अर्थशास्त्रीहरुले आँकलन गरेका छन । यो क्षति जापानको एक वर्षको कूल ग्राहस्थ उत्पादन भन्दा बढी हुन सक्ने उनीहरुको भनाइ छ ।
कोरोना भाईरस माहामारिको कारण अधिकांस देशहरुले आफ्ना नागरिकहरुलाई व्यापार व्यावसाय बन्द गर्न र घरमै बस्न आह्वान गरेका छन ।
यो मन्दिको सुरुवती अबस्था भएकोले छोटो समयका लागि हुने भनिए पनि अर्थतन्त्रलाई पहिला कै अबस्थामा फर्काउनको लागि भने समय लाग्न सक्ने अर्थशास्त्रिहरुले बताएका छन । मौद्रिक र बित्तिय नीतिहरु मार्फत गरिने प्रयासका वावजुद सन २०२२ सम्म अर्थतन्त्र पहिलेको अबस्थामा फर्कन कठिन हुने उनीहरुले वताएका छन ।
“त्यसो गर्न नसक्ने हो भने जसरी सजिलैसंग भाइरस आएको थियो त्यसैगरी अर्थव्यवस्था सहि ट्र्याकमा आउन सक्दैन ।
विश्व अर्थतन्त्रमा यस्तै अवस्था एक दशक अगाडि पनि आएको थियो तर अहिलेको संकटबाट पुरानो अबस्थामा फर्कन समय लाग्न सक्ने कतिपय अर्थशास्त्रिहरुको तर्क छ ।
अहिलेको माहामारीले निम्त्याउने संकटलाई पार लगाउनका लागि नीति निर्माताहरुले निकै ठूलो कसरत गर्नु पर्ने छ । त्यसो गर्न नसक्ने हो भने जसरी सजिलैसंग भाइरस आएको थियो त्यसैगरी अर्थव्यवस्था सहि ट्र्याकमा आउन सक्दैन ।
अब मुलुकहरुले गर्ने आर्थिक प्रक्षेपणले एकदमै ठूलो महत्व राख्दछ, । अहिलेको माहामारीले बिश्वभरि नै ५० खर्ब डलर बराबरको क्षति हुँदै छ । यदि देशहरुले अबलम्बन गर्ने आर्थिक प्रक्षेपण सकारात्मक भयो भने त्यसले व्यवसाय गर्नेहरुको आत्मबल मात्रै बढाउ्रँदैन व्याक्तिले रोजगारि पाउछु भन्ने भावनालाई पनि सकारात्मक सहयोग पुर्याउँछ ।
सिटिग्रुप इन्स्टिच्युटका प्रमुख अर्थशास्त्री क्याथ्रिन म्यानका अनुसार अहिले सुरुवात भएका सम्वेदनशिल स्थिति सन २०२० को मध्यसम्म वा २०२१ सम्मै जान पनि सक्छ ।
“अहिलेको माहामारीले बिश्वभरि नै ५० खर्ब डलर बराबरको क्षति हुँदै छ । यदि देशहरुले अबलम्बन गर्ने आर्थिक प्रक्षेपण सकारात्मक भयो भने त्यसले व्यवसाय गर्नेहरुको आत्मबल मात्रै बढाउ्रँदैन व्याक्तिले रोजगारि पाउछु भन्ने भावनालाई पनि सकारात्मक सहयोग पुर्याउँछ ।
त्यस्तै धारण जेपी मोर्गन चेज एन्ड कम्पनीका अर्थशास्त्रीहरुको पनि छ । उनीहरुले पनि अहिलेको संकटले अर्को वर्षको अन्त्य सम्ममा बिश्वको कूल ग्राहस्थ उत्पादनको ८ प्रतिशत वा ५५ खर्ब डलर बराबरको क्षति पुग्ने अनुमान गरेका छन । यो अबस्था बिकसित मुलुकहरुले सन १९७४÷७५ र २००८÷०९ मा एक्लैले सामना गरेको जस्तै हो ।
मुलुकहरुले जतिसुकै आक्रामक नीति लिए पनि सन २०२१ को तेस्रो चौमासिकसम्ममा मात्र बिकसित मुलुकको कूल ग्राहस्थ उत्पादन कोरोना माहामारी अगाडिको अबस्थामा पुग्न सक्ने उनीहरुको अनुमान छ ।
ड्युश बैंक एजेन्सिका अनुसार विश्व अर्थतन्त्रमा आएको सुस्तता र खराब स्थितिलाई १० खर्ब डलरभन्दा तल ल्याउनको लागि मात्र पनि युरोप र अमेरिकाले २०२१ को अन्त्यसम्म पर्खनु पर्ने तर्क गरेका छन ।
विश्व व्यापार संगठनका अनुसार अहिलेको माहामारीका कारणले अन्तराष्ट्रिय ब्यापारमा ठूलो क्षति त पुग्छ नै त्यो भन्दा पनि परिस्थिति लडाईंको यूग सुरु हुनु भन्दा अगाडीको समयको जस्तो हुने देखिन्छ । उसले भनाईमा विश्व अर्थतन्त्रले तिब्र गतिमा संकटको सामना गर्ने बाटोतय गरिसकेको छ ।
अन्तराष्ट्रिय मुद्राकोषले अर्को हप्ता आफ्नो पूर्बानुमान घोषणा गर्न लागेको जनाएको छ । संसार भरिका १७९ बैंक तथा बित्तिय संस्थाहरु सदस्य रहेको आईएमएफले भर्चुअल बैठक गरेर अनुमान सार्बजनिक गर्न लागेको हो ।
“अहिलेको माहामारीका कारणले अन्तराष्ट्रिय ब्यापारमा ठूलो क्षति त पुग्छ नै त्यो भन्दा पनि परिस्थिति लडाईंको यूग सुरु हुनु भन्दा अगाडीको समयको जस्तो हुने देखिन्छ ।
यो माहामरिका कारण मानिसहरुले कयौं समस्याहरुको सामाना गर्नु त पर्छ नै त्यसमा पनि मानिसहरुको मृत्युको कारण व्यापार व्यवसाय चौपट हुनुका साथै धेरैले आफ्नो रोजगारि पनि गुमाउने छन ।
अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ)का अनुसार १० करोड भन्दा बढी मानिसहरुले रोजगारि गुमाउने आँकलन गरेको छ ।
ब्ल्याकस्टोन ग्रुप इंकका प्रमुख कार्यकारी अधिकृत स्टीव श्वार्ज्मानले ब्लूमबर्गमा एक टेलिभिजन अन्तरवार्तामा यो संकट अस्थायी होला तर यसले दुनियाँलाई तनाब दिएको बताएका छन ।
अर्को तर्फ अन्तराष्ट्रिय बस्तीका लागि बैंकले चेतावनी दिंदै भनेको छ सरकारहरुले समन्वयको प्रयास गर्नु पर्छ । यदि त्यसो गरिएन भने मनिसहरुमा आउने असन्तुस्टिले झन खराब अबस्थाको सामना गर्नु पर्ने हुन्छ । यस्तो खाले खराब परिदृष्यले अमेरिकाको अर्थतन्त्रलाई २०२० को अन्त्यसम्ममा १२ प्रतिशत भन्दा तलको अबस्थामा खुम्च्याइ दिन सक्ने उसको भनाइ छ ।
मन्दिको पुर्वावस्था जुन हाम्रै अगाडी आउँदैछ, जुन महिनासम्म पनि उदियमान अर्थतन्त्र भएका मुलुकहरुले यो समस्याबाट पार पएनन भने मन्नुस यो कयौं बर्षसम्म रहिरहन सक्छ । केहि एसियन र ल्याटिन अमेरिकन देशहरुको संकट जस्तै हुने र यो प्रभाब आगामी ५ या १० बर्षसम्मै रहने पनि अन्तराष्ट्रिय बस्तीका लागि बैंकले बताएको छ ।
“मनिसहरुमा आउने असन्तुस्टिले झन खराब अबस्थाको सामना गर्नु पर्ने हुन्छ । यस्तो खाले खराब परिदृष्यले अमेरिकाको अर्थतन्त्रलाई २०२० को अन्त्यसम्ममा १२ प्रतिशत भन्दा तलको अबस्थामा खुम्च्याइ दिन सक्ने
क्यालिफोर्निया विश्वविद्यालय, डेभिसको अनुसन्धानलाई हेर्ने हो भने यो माहामारिको असर निकै लामो समयसम्म रहने देखिन्छ । यो प्रकोपले दशकौंसम्म लगानीलाई बन्देज गर्न र रोजगारि रोक्न सक्छ ।
नीति निर्माताहरुले अहिलेको बिषम परिस्थिति सहजै आँकलन गर्नसक्छन । तर युरोपियन युनियनका अर्थमन्त्रीहरु माहामारी बिरुद्ध संयुक्त रणनीति बनाउन चुकेको देख्दा चाहिं यसै भन्न सकिने स्थिति नभएको बिज्ञहरुले बताएका छन ।
बेरेनबर्गका प्रमुख अर्थशास्त्री होल्जर स्मीडिंगले यो माहामारि रोक्ने नै हो भने सरकारहरुले २०२० को अन्त्य या २०२१ सम्म नै यात्राहरुमा कडा प्रबिन्ध लगाउनु पर्छ । सरकारहरुले अत्याबस्यक सामाग्रिहरुमा खर्चको मात्रा अत्याधिक बढाउनु पर्दछ । तर कथित डब्लु आकारको पुनरागमनमा डुबुल्कि मार्ने दुस्साहास गर्नुु ब्यर्थ हुने टिप्पणि गरे ।
उनका अनुसार एक प्रमुख नीतिगत त्रुटिले गम्भीर क्षति गर्न सक्छ, त्यसैले सतहि पूर्वानुमान लगाउन सजिलो हुन्छ । त्यसैले यो मान्नु पर्छ कि नीतिगत प्रतिक्रियाहरु सबै पर्याप्त हुँदैन ।
एजेन्सिहरुको सहयोगमा
वि.सं.२०७६ चैत २९ शनिवार २०:३१ मा प्रकाशित






























