back
CTIZAN AD

कोरोना अपडेट : चीनमा एकैदिन झण्डै १३ सयको मृत्यु, नेपालमा एकैदिन १४ संक्रमित थपिए

वि.सं.२०७७ वैशाख ६ शनिवार

930 

shares

कोरोना उत्पत्ति भएको देश चीनमा शुक्रबार वुहानमा एकैदिन १२९० जनाको कोरोनाका कारण मृत्युको तथ्यांक बाहिर आएको छ । चीन सरकारका अनुसार यसअघि अस्पतालमा मृत्यु भएकाहरुको मात्र तथ्यांक रहेको र शुक्रबार अस्पताल बाहिरसमेत मृत्यु हुनेको सबैको रेकर्ड हो ।

६ वैशाख, काठमाडौँ । चीनको हुवेईको वुहान सिटीबाट सुरु भै इटाली, स्पेन र अमेरीकालाई थला पार्दै नोबेल कोरोना भाइरस अर्थात् (कोभिड १९) अहिले विश्वका २१० देश पुगिसकेको छ ।

२०७७ वैशाख ६ (सन् २०२० अप्रिल १८) बिहान ७.२७ बजेसम्मको प्राप्त समाचार अनुसार संसारका २२ लाख ५० हजार ४ सय ५ मानिसमा कोरोना भाइरस सल्केको छ भने कूल मृत्युसंख्या १५४,२४५ रहेको छ । एकैदिन ८७२४ जनाको मृत्यु भएको छ ।

निको भएर घर फर्किएकाहरु संख्याका ५७१,५७७ छ भने उपचाररत बिरामीको संख्या १,५२४,५८३ रहेको छ । जसमध्ये १,४६७,६२० को अवस्था मध्यम छ भने ५६,९६३ को स्थिति गम्भिर रहेको छ ।

वल्र्डोमीटरका अनुसार अहिले सबैभन्दा बढी प्रभावित हुनेमा लगातार अमेरिका नै देखिन्छ । अमेरिकामा मात्रै प्रभावितको संख्या ७१०,०२१ पुगेको छ भने ३७,१५८ को मृत्यु भएको छ । एकै दिन २५४१ जनाको मृत्यु भएको छ ।

मृत्युदरको हिसाबमा अमेरिका सबैभन्दा बढी प्रभावित देश बनेको छ । अघिल्लो हप्तादेखि इटालीमा मृत्युदर लगातार घट्दो क्रममा रहेको देखिन्छ । इटालीमा प्रभावितको संख्या १ लाख ७२ हजार ४ सय ३४ रहेको छ भने मृत्यु हुनेको संख्या २२,७४५ जना रहेको छ ।

कोरोना उत्पत्ति भएको देश चीनमा शुक्रबार वुहानमा एकैदिन १२९० जनाको कोरोनाका कारण मृत्युको तथ्यांक बाहिर आएको छ । चीन सरकारका अनुसार यसअघि अस्पतालमा मृत्यु भएकाहरुको मात्र तथ्यांक रहेको र शुक्रबार अस्पताल बाहिरसमेत मृत्यु हुनेको सबैको रेकर्ड हो । शुक्रबार चीनमा २७ नयाँ बिरामी थपिएका छन् । चीनमा प्रभावितको संख्या ८२७१९ रहेको छ ।

प्रभावका हिसाबले अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी, बेलायत अनि चीन क्रमशः छन् भने मृत्यु संख्याको हिसाबले अमेरिका पहिलो(३७,१५) इटाली दोस्रो(२२,७४५), स्पेन तेसो(२०,००२), फ्रान्स चौंथो(१८,६८१), बेलायत पाचौँ(१४,५७६), इरान छैठौं(४,९४८), बेल्जियम सातौँ(५,१६३) र चीन आठौँ(४,६३२) क्षति व्यहोर्ने देशमा छन् ।

नेपालमा कोरोना भाइरस अपडेट :
नेपालमा संक्रमितको संख्या नियमित बढेको छ । २४ घण्टामा नेपालमा एकैपटक १४ नयाँ संक्रमित थपिएका छन् । शुक्रबार थप १४ मा कोरोना भएको पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ३० पुगेको छ । शुक्रबारसम्म ७७०२ जनाको परीक्षण भएको छ ।

चीनको वुहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत ३२ वर्षीय पुरुषमा नेपालमा पहिलोपटक कोरोना पोजिटिभ देखिएको थियो । ती पुरुष निको भएर घर फर्किएसकेका छन् भने हाल २९ जना उपचाररत छन् ।

चैत्र २३ गते कोरोना संक्रमित एक व्यक्तिबाट अर्काेमा सरेपछि नेपाल कोरोना भाइरसको दोस्रो चरणमा प्रवेश गरेको छ । दुबईबाट फर्केका कैलालीका संक्रमित एक युवाबाट उनको भाउजुमा कोरोना भाइरस पोजेटिभ देखिएपछि दोस्रो चरण सुरु भएको हो । युवासँग भेट भएको १२ दिनपछि उनकी भाउजुमा संक्रमण भएको थियो ।

कोरोनाको चरण हेर्दा यसका चार चरण रहेका छन् । व्यक्तिमा सिमित संक्रमण (विदेशबाट फर्केर आएका) पहिलो चरण हो । ट्राभल हिस्ट्री भएको व्यक्तिमार्फत परिवारमा संक्रमण देखिनु दोस्रो चरण मानिन्छ । एउटा समुदायबाट अर्को समुदायमा पैmलनु तेस्रो चरण हो भने महामारीको रुप लिएको अवस्था चौथो चरण हो ।

फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल एक युवतीको चैत्र १० गतेको परीक्षणमा कोरोना संक्रमित भएको पुष्टि भएपछि भोलिपल्ट अर्थात् चैत्र ११ गतेदेखि सरकारले देशभर लकडाउन गरेको थियो । सरकारले ११ गते मंगलवार बिहान ६ बजेदेखि चैत १८ सम्म लागू हुनेगरी गरेको लकडाउन चौंथो हप्तासम्म लम्बाएर आगामी वैशाख १५ गते सम्म पु¥याइएको छ । विश्वभर तथा छिमेकी देश भारतमा समेत संक्रमितको संख्या बढीरहेका कारण नेपालको लकडाउन बढ्ने सम्भावना देखिन्छ ।

अर्को छिमेकी देश भारतमा संक्रमित र मृत्युहुनेको संख्या बिहिबारको तुलनामा थोरै घटेको छ । शुक्रबारसम्म १४,३५२ जना संक्रमित रहेको र ४८६ जनाको मृत्यु भएको देखिन्छ । २४ घण्टामा ९२२ नयाँ संक्रमित थपिएका छन् भने ३८ जनाको मृत्यु भएको देखिन्छ ।

यस्तो छ कोरोना भाइरसको अपडेट तथ्याङ्क :

वि.सं.२०७७ वैशाख ६ शनिवार ०७:५८ मा प्रकाशित

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

काठमाडौँ  । सामसङ नेपालले नेपाली बजारमा आफ्नो आठौँ पुस्ताको फोल्डेबल...

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने...

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...