रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–२, फलबाङमा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन्। साउन २९ गते बिहान करिब ८ः१० बजे स्थानीय वीरबहादुर घर्ती मगरको घर पहिरोले पुरिएको हो।
पहिरोमा परी घरधनी वीरबहादुर घर्ती मगर, उनकी श्रीमती शनि घर्ती मगर र छिमेकी ललि घर्ती मगर बेपत्ता भएका छन्। उनीहरू तीनै जना राति उक्त घरमा बास बसेका थिए।
यस्तै, सुनछहरी गाउँपालिका–२ कै गिट्ठेस्थित लादे बुढा मगरको घरसमेत पहिरोले पुरिएको जनाइएको छ। घटनाको थप विस्तृत विवरण आउन बाँकी रहेको छ।
वि.सं.२०८३ साउन २९ शुक्रवार १२:३१ मा प्रकाशित






























