back
CTIZAN AD

 सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ८ सिरिजः ग्यालेक्सी एआई र स्मार्ट इकोसिस्टम

वि.सं.२०८३ साउन २९ शुक्रवार

shares

काठमाडौँ  । सामसङ नेपालले नेपाली बजारमा आफ्नो आठौँ पुस्ताको फोल्डेबल स्मार्टफोन सिरिज—ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड ८ र ग्यालेक्सी जेड फ्लिप ८ औपचारिक रूपमा सार्वजनिक गरेको छ। यसका साथै कम्पनीले नयाँ कनेक्टेड हेल्थ र वेलनेस अनुभवका लागि ग्यालेक्सी वाच ९ र ग्यालेक्सी वाच अल्ट्रा २ पनि बजारमा ल्याएको छ। यस लन्चमार्फत सामसङले नेपाली उपभोक्ताका लागि नयाँ पुस्ताको ग्यालेक्सी एआई अनुभव र अझ स्मार्ट ओनरशिप (स्वामित्व) यात्राको सुरुवात गरेको छ।

आठौँ पुस्तामा प्रवेश गरेको सामसङको फोल्डेबल प्लेटफर्मले डिजाइन, ड्युरेबिलिटी, पोर्टेबिलिटी र सफ्टवेयरका क्षेत्रमा वर्षौँदेखि हासिल गरेको सिकाइ र सुधारलाई प्रतिबिम्बित गरेको छ। लन्चका अवसरमा सामसङ नेपालका म्यानेजिङ डिरेक्टर श्री च्याङ उक जुङले ट्रेडिसनल स्मार्टफोनले एआईलाई एउटा झ्याल मात्र दिने तर फोल्डेबलले विशाल वर्कप्लेस नै प्रदान गर्ने बताउनुभयो। नयाँ सिरिजको ठूलो डिस्प्लेले एआईलाई विभिन्न काम गर्न सहज वातावरण बनाउँछ, जसले गर्दा युजरहरूले बारम्बार एप चेन्ज नगरी रिभ्यु, कम्प्यायर, क्रियट र आवश्यक डिसिजन सहजै लिन सक्नेछन्। त्यसैगरी, ग्यालेक्सी जेड फ्लिप ८ ले कम्प्याक्ट डिजाइनमा छिटो एआई इन्टर्याक्सन र क्रियटिभ एक्सप्रेसनको सुविधा दिन्छ।

यस लन्चमार्फत सामसङ नेपालले उपभोक्ताहरूलाई प्रिमियम टेक्नोलोजीको अनुभव गराउने तरिकामा व्यापक परिवर्तनको संकेत गरेको छ। केवल लन्च प्राइसमा मात्र केन्द्रित हुनुको सट्टा कम्पनीले एफोर्डेबिलिटी (किन्न सक्ने क्षमता), एक्सेसिबिलिटी (पहुँचयोग्यता) र सस्टेनेबिलिटी (दिगोपना) लाई केन्द्रमा राख्दै एउटा एकीकृत इकोसिस्टम निर्माण गरेको छ। यसअन्तर्गत एचएफएलसँगको सहकार्यमा ४०% डाउन पेमेन्टमा २४ महिनाको इएमआई सुविधा उपलब्ध गराइएको छ भने योग्य कस्टमरका लागि डाउन पेमेन्ट २०% मा झारेर ३६ महिनासम्म इएमआई अवधि बढाउने लक्ष्य राखिएको छ। यसका साथै आइएमएस र हिम इलेक्ट्रोनिक्सको ओम्नीच्यानल सहकार्यमार्फत कस्टमरले डिजिटल केवाईसी भेरिफिकेसन, प्रि–अर्डर, डेलिभरीदेखि ब्रान्ड स्टोरबाट प्रोडक्ट लिनेसम्मको प्रक्रिया एउटै सहज यात्राबाट पूरा गर्न सक्नेछन्। साथै, एपक्युडो र स्थानीय पार्टनरहरूमार्फत पुरानो डिभाइसको टेस्ट र रिपेयर गरी पुनः प्रयोगमा ल्याइनेछ, जसले कस्टमरलाई पुरानो फोनको उचित मूल्य दिलाउनुका साथै ’इ–वेस्ट’ घटाउनसमेत योगदान पु¥याउनेछ।

सामसङले एचएफएल, इसेवा, एनसेल, एपक्युडो, रेमिट्यान्स पार्टनर, आइएमएस तथा हिम इलेक्ट्रोनिक्सलाई एउटै इकोसिस्टममा जोड्दै फाइनान्सिङ, कनेक्टिभिटी र ट्रेड–इनलाई छुट्टाछुट्टै प्रमोसन नभई एउटै सिस्टमका रूपमा प्रस्तुत गरेको छ। नयाँ ग्यालेक्सी जेड सिरिजका लागि अगस्ट १३, २०२६ देखि नै भिआइपी र नर्मल प्रि–अर्डर खुला गरिसकिएको छ। भिआइपी प्रि–अर्डर प्याकेजअन्तर्गत कस्टमरले रु. ६८,००० सम्मका बेनिफिटहरू प्राप्त गर्न सक्नेछन्, जसमा एनसेलको अनलिमिटेड डेटा तथा भ्वाइस प्याक २ वर्षका लागि फ्रि, रु. १५,००० सम्मको एक्सचेन्ज बोनस, ग्यालेक्सी वाचमा रु. १०,००० डिस्काउन्ट, ६ महिनाका लागि गुगल एआई प्रो फ्रि (रु. १८,३५१ सम्मको बचत), फ्रि फोन कभर र २ वर्षको थप वारेन्टी सुविधा समावेश छन्। त्यसैगरी सामान्य प्रि–अर्डर प्याकेजमा रु. ५८,००० सम्मका समान सुविधाहरू उपलब्ध गराइएको छ।

यो इकोसिस्टम सामसङको नेपालप्रतिको व्यापक प्रतिबद्धतामा आधारित छ। हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा स्थानीय टेलिभिजन प्रोडक्सनमा सहयोग गर्दै आएको सामसङले ’सामसङ इनोभेसन क्याम्पस’ मार्फत नेपाली युवाहरूलाई कोडिङ, प्रोग्रामिङ र एआई क्षेत्रमा भविष्यका लागि आवश्यक स्किल डेभलप गर्न सहयोग गरिरहेको छ। सामसङको लक्ष्य नेपाललाई केवल प्रोडक्ट सेल हुने मार्केटका रूपमा मात्र नभई क्षमता, स्किल र अवसर निर्माण गर्ने थलोका रूपमा अघि बढाउनु रहेको छ।

वि.सं.२०८३ साउन २९ शुक्रवार १२:१९ मा प्रकाशित

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने...

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...