back
CTIZAN AD

नेपाल टेलिकम र ओरिडु कतारबीच सहुलियत रोमिङ सम्झौता

वि.सं.२०७३ पुस ६ बुधवार

936 

shares

telecom

काठमाडौँ । नेपाल टेलिकम र कतारको दूरसञ्चार कम्पनी ओरिडु कतारबीच सहुलियत दरमा रोमिङ सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौताअनुसार अब नेपाल टेलिकमका जिएसएम पोस्टपेड मोबाइल प्रयोगकर्ता कतारमा गएको समयमा पहिलेभन्दा सस्तो दरमा नेपालमा कल गर्न सक्ने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले मंगलबार जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

गत मङ्सिर ३० गते कतारमा सम्पन्न उक्त सम्झौतामा नेपाल टेलिकमका तर्फबाट प्रमुख व्यावसायिक अधिकृत प्रदीपराज उपाध्याय र ओरिडु कतारका तर्फबाट प्रमुख कार्यकारी निर्देशक खालिद अल मन्सुरीले हस्ताक्षर गर्नुभएको छ ।

आगामी पुस १७ गते नयाँ सम्झौता अनुसारको दर लागू हुनेछ । योभन्दा पहिले सन् २००६ अक्टोबर १२ मा नेपाल टेलिकम र ओरिडु कतारबीच अन्तर्राष्ट्रिय रोमिङ सेवासम्बन्धी सम्झौता भएको थियो । हाल सोही सम्झौताको महसुल दरलाई परिमार्जन गरिएको हो ।

वि.सं.२०७३ पुस ६ बुधवार ०२:५४ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा...

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...