६ बैशाख, काठमाण्डौं । नेपालमा शनिबार पनि थप एकजनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले शनिबार साँझ दिएको जानकारी अनुसार ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
शुक्रबार मात्रै उदयपुरमा १२ जना र चितवनमा दुईजनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
आजै बाग्लुङ र काठमाण्डौंमा संक्रमणको उपचार गराइरहेका २ जना निको भएर घर फर्किएका छन् । नेपालमा देखिएका कूल संक्रमित ३१ जना मध्ये हालसम्म ३ जना निको भएर घर फर्किएका छन् ।
बाँकी २८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
वि.सं.२०७७ वैशाख ६ शनिवार २१:४५ मा प्रकाशित






























