back
CTIZAN AD

डा. पुनलाई कारबाही गरिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको भन्दै यस्तो भन्यो मन्त्रालयले

वि.सं.२०७७ वैशाख ६ शनिवार

612 

shares

६ बैशाख, काठमाण्डौं । शनिबार दिनभरी विभिन्न संचारमा माध्यममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा शेर बहादुर पुनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कारबाही गरेको भन्दै आएको समाचार बग्यांएर प्रचार प्रसार गरिएको भन्दै मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले शनिबार बेलुका सूचना नै जारी गरेर डा. पुनलाई मन्त्रालयमा बोलाइएकोमा केहि पत्र–पत्रिका तथा सामाजिक संजालमा सत्य तथ्य बंग्याई स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्यूको नाम समेत मुछेर अनर्गल प्रचार गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको हो ।
मन्त्रालयले उक्त सूचनामा भनेको छ

कोभिड–१९ को सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यरत स्वास्थ्यकर्मीहरूलाई कामको शिलसिलामा मन्त्रालय वा अन्तर्गतका जुनसुकै निकायमा काम गर्न खटाई संक्रमितहरूको स्वास्थ्य उपचार गराईरहेको छ । यसै शिलसिलामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा. शेर बहादुर पुनलाई मन्त्रालयमा बोलाइएकोमा केहि पत्र–पत्रिका तथा सामाजिक संजालमा सत्य तथ्य बंग्याई माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्यूको नाम समेत मुछि अनर्गल तथा दुष्प्रचार गर्ने कार्य भएकोमा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । कोभिड–१९ का सन्दर्भमा जोसुकै र जुनसुकै स्वास्थ्यकर्मीलाई आवश्यकतानुसार मन्त्रालयबाट खटाउने कार्य भैरहेको छ र यस्ता स्वास्थ्यकर्मीलाई सरकारले सतप्रतिशत भत्ता र २५ लाखको बिमा समेतको व्यवस्था गरेको छ । यस सन्दर्भमा सत्य तथ्य नबुझिकन अनर्गल प्रचार प्रसार वा लेख लेखाउने कार्य नगर्न नगराउनुहुन सचेत गराइन्छ ।’

यस विषयमा डाक्टर पुनले आफूलाई कोरोना भाइरसका बारेमा जनचेतना फैलाएको बारेमा पहिल्यै देखि अब्जेक्स आएको र मन्त्तालय गएर मौखिक प्रष्टिकरण दिन भनेकोमा के कारणले प्रष्टिकरण दिनु पर्यो भनेर जान्न पाउँछु कि भनेर सोधेको पनि विभिन्न संचारमाध्यमलाई बताएका छन् ।

वि.सं.२०७७ वैशाख ६ शनिवार २१:२४ मा प्रकाशित

पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह

पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह

भक्तपुर । नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले दैलेखमा भइरहेको...

आचार्यको तरबुजाखेती अरुका लागि प्रेरणा

आचार्यको तरबुजाखेती अरुका लागि प्रेरणा

गण्डकी । बर्सेनि उब्जाउयोग्य जमिन बाझिँदै गरेका अवस्थामा कास्कीको पोखरा...

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

भद्रपुर (झापा) । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष...

चितवनमा याक चिज

चितवनमा याक चिज

चितवन । यहाँका वजारमा याक चिज उपलब्ध हुन थालेको छ...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ ।...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...