back
CTIZAN AD

एनआरएनएका पूर्वउपाध्यक्ष कुल आचार्यमा पनि कोरोनाको लक्षण, आइसोलेसनबाटै गरे यस्तो अपिल

वि.सं.२०७७ वैशाख ६ शनिवार

852 

shares

६ बैशाख, बेलायत । बेलायतमा रहेका  गैरआासीय नेपाली संघ (एनआरएनए) का  पूर्वउपाध्यक्ष कुल आचार्यले आफूमा कोरोना भाइरसको लक्षण देखिएपछि घरमै आइसोलेनमा बसेको सार्वजनिक गरेका छन् ।

यतिबेला कोरोना भाइरसको महामारीका कारण हरेक व्यत्तिको ज्यान जोखिममा रहेको बताउँदै आर्चायले भनेका छन्,‘ म आफै पनि केही लक्षणहरु देखा परेर आइसोलेसनमा रहेर स्वास्थ्य लाभको क्रममा छु । ‘बाँचौं र बचाउँ, महामारीबाट जोगिउ’ भन्ने मूल मर्म अनुरूप यो महामारीमा पनि फ्रन्टलाइनमा रहेर नेपाल लगायत बिश्वभर सेवागरिरहनु भएका नेपाली लगायत तमाम स्वास्थ्यकर्मी, अत्यावश्यक सेवामा कार्यरत सेवाकर्मीहरुको उच्च सम्मान गर्न चाहन्छु ।’

आचार्यले दुखमा परेका प्रवासका नेपालीहरुलाई आवश्यकता हेरी गैरआवासीय नेपाली संघको सहकार्यमा आफ्नो तर्फबाट ५ लाख उपलब्ध गराउने प्रतिबद्धता समेत गरेका छन् ।

आचार्यले अहिलेको अवस्स्थामा सबैसंगै मिलेर सहमति, सहकार्य र एकताको भाव संगै अघि बढ्न तमाम गÞैरआवासीय नेपाली साथीहरु तथा नेपाली मनहरूमा हार्दिक अपिल समेत गरेका छन् ।

यस्तो लेखेका छन् आचार्यले

आदरणीय सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइहरु,

आज कोरोना महामारीले बिश्व आक्रान्त छ । हरेक व्यक्तिको ज्यान जोखिममा रहेको छ । यो संकटको घडीमा कोरोनासंग लडीरहनु भएका सबैजनालाई शिघ्र लाभको स्वास्थ्य लाभको कामना गर्दछु । साथै दिवंगत आत्माहरुको चिर शान्तिको कामना गर्दछु ।

म आफै पनि केही लक्षणहरु देखा परेर आइसोलेसनमा रहेर स्वास्थ्य लाभको क्रममा छु । ‘बाँचौं र बचाउँ, महामारीबाट जोगिउ’ भन्ने मूल मर्म अनुरूप यो महामारीमा पनि फ्रन्टलाइनमा रहेर नेपाल लगायत बिश्वभर सेवागरिरहनु भएका नेपाली लगायत तमाम स्वास्थ्यकर्मी, अत्यावश्यक सेवामा कार्यरत सेवाकर्मीहरुको उच्च सम्मान गर्न चाहन्छु ।

हिजो बिबिध कारणले मातृभूमिको अर्थतन्त्र धरासायी भएको बेला आफ्नो पसिना र रगत बगाएर प्रवासबाट रेमिटान्सले धानेका खाडी, मलेसिया लगायत बिश्वभर छरिएर बसेका मजदुरहरुको योगदान अवस्य पनि उल्लेखनीय छ ।

प्रवासबाट कैयौं दिदी बहिनी, दाजुभाइहरु खाडीमा एकै कोठामा कोचिएर जेल जस्तो जीवन बिताइरहेको, औषधि, खानाको संकट परेको खबर छन् । स्थानीय प्रतिनिधिहरुले सहयोग गरिरहनु भएका खबर पनि आएका छन् । वहाँहरुको पहललाइ हार्दिक धन्यवाद दिन चाहन्छु । ती अधिकांश नागरिकहरु घर फर्किन चाहेका छन् । साइप्रस, मलेसिया लगायत अन्य देशहरूबाट धेरै नेपालीहरू घर फर्किन चाहेका छन् । राज्यका नागरिकको अभिभावक सरकारलाई मजदुरको देश हुन्छ र मातृभूमि र परिवार हुन्छ भन्ने गतिलो सन्देश दिने अवसर रहेको छ ।

आज घर फर्किन चाहने नागरिकलाई जसरी बिश्वले स्वदेश फर्काइ क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिरहेको छ त्यसरी नै नेपाल फर्काइ नेपालमा क्वारेन्टाइनको व्यवस्था गरेर १४ दिन पछि घर फर्काउने पहल गर्न सरकारसंग अनुरोध गर्दछु । म नेपाल सरकार र सम्बन्धित संघसंस्थाको ध्यान आकर्षण गराउन चाहन्छु ।

गैरआवासीय नेपाली संघका साथीहरु अहोरात्र खटिरहनु भएको छ । वहाँहरुको उच्च सम्मान गर्दै तमाम घर फर्किन चाहने प्रवासीहरुलाई सुरक्षित रुपमा आफ्ना परिवारसम्म पुर्याउन केके गर्न सकिन्छ त्यहाँ ध्यान केन्द्रित गर्न जरुरी देखेको छु ।

हाल नेपाल बाहिर प्रवासमा धेरै नेपालीहरुले ज्यान गुमाएको संकटको घडीमा, जन्म घरबाट टाढा प्रवासमा रहेकाहरूलाई सबै भन्दा धेरै मातृभूमीको माया र स्नेहको खाँचो देखेको छु ।

बेलायतमा धेरै भूपू गोर्खा बुवाआमा, आफन्तहरु गुमाउनु परेको पीडा हामीलाई छ । हामीले भूपू गोर्खाहरुको बिशेष सुरक्षा अपनाउनु पर्ने अवस्था देखिएको छ । अनि बेलायत सरकारलाई तिनको बिशेष हेरचाहको लागि पनि अनुरोध गर्नुपर्ने अवस्था छ ।

अमेरिका, पोर्चुगल, माल्टा, स्पेन, इटली लगायतका प्रवासीहरूको समस्या अनि कतीपय कागÞजÞको समस्याले अप्ठेरोमा परेकाहरूलाई सहयोग जÞरूरी देखिएको छ ।

त्यसै गरेर बेलायत, साइप्रस लगायत विभिन्न देशमा नेपाली बिद्यार्थीहरुले दुख भोगी राख्नु भएका खबरहरु आएका छन् । वहाँहरुलाई खाना, बस्न लगायत सहयोग गर्ने प्रवासी मनहरुलाई हार्दिक नमन गर्दछु । वहाँहरुलाई उचित रेखदेख गर्नुपर्ने अवस्था देखिएको छ ।

यस्तो बेला व्यक्तिगत र सामूहिक रुपमा सक्दो सहयोग गर्न हामी सबै एकजुट हौं । यो बेला फुटेर हैन जुटेर अघि बढ्ने बेला हो । कुनै पदमा रहे पनि वा नरहे पनि मातृभूमीको ऋण तिर्न र सबै गैर आवासीय नेपाली दाजुभाइ दिदीबहिनीहरुको सक्दो सेवा गर्न म संधै तत्पर रहेको कुरा फेरी पनि जाहेर गर्न चाहन्छु ।
दुखमा परेका प्रवासका नेपालीहरुलाई आवश्यकता हेरी गैर आवासीय नेपाली संघको सहकार्यमा आफ्नो तर्फबाट पनि सानो सहयोगस्वरूप रू ५ लाख उपलब्ध गराउने प्रतिबद्धता जनाउन चाहन्छु ।
सबैसंगै मिलेर सहमति, सहकार्य र एकताको भाव संगै अघि बढ्न तमाम गÞैरआवासीय नेपाली साथीहरु तथा नेपाली मनहरूमा हार्दिक अपिल पनि गर्दछु ।

वि.सं.२०७७ वैशाख ६ शनिवार २०:३४ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...