back
CTIZAN AD

नेपालमा संक्रमितको संख्या अलि अलि बढ्दैमा चिन्ता गर्नु पर्दैन-डा. रवीन्द्र पाण्डे,जनस्वास्थ्य विज्ञ

वि.सं.२०७७ वैशाख ६ शनिवार

795 

shares

कोरोना संक्रमितको संख्या बढ्दै जाँदा नेपालमा पनि डर, त्रास तथा असुरक्षाको बादल मडारिएको छ । अहिलेसम्मको अध्ययन तथा अनुसन्धान विश्लेषण गर्ने हो भने हामी सतर्क र सजगता अपनाएमा बिकराल स्थिति आउंदैन ।
-विश्वमा हाल २२ लाख ७५ हजार ७ सय ८९ जना कोरोना भाइरसबाट संक्रमित हुँदा नेपालमा ३० जना मात्र संक्रमित हुनुलाई डरको बिषय मान्नुपर्दैन ।

-विश्वमा १ लाख ५६ हजार १ सय ४ जनाको कोरोना संक्रमणबाट मृत्यु हुँदा नेपालमा यो रोगबाट १ जनाको पनि मृत्यु भएको छैन ।

– हाम्रो देशमा देखिएको कोरोना संक्रमण अरु देशभन्दा फरक छ । सामान्यतया अन्य देशमा ठूलो ज्वरो, लहरे सुख्खा खोकी, सास फेर्न गाह्रो, पखाला आदि लक्षण देखिएपछि अस्पताल जाने, टेस्ट गर्ने अभ्यास छ । हाम्रो देशमा देखिएका १ जना बाहेक सबै बिरामी बाहिरबाट आएका, संक्रमण भएको धेरै दिन भएका तर लक्षण नदेखिएका हुन् । उनीहरु बिरामी भएर अस्पताल गएका हैनन् । उनीहरुलाई सरकारले खोजेर वा सूचना पाएर जांच गर्दा पोजिटिभ देखिएका हुन् । ती ३० जनामा झन्डै आधा त भारतीय नागरिक हुन् ।

– ३० जना संक्रमित मध्ये ३ जना निको भइसकेका छन् । बाँकी संक्रमित अस्पतालको आइसोलेसन वार्डमा छन् । उनीहरुले भनिरहेका छन् – हामीलाई केहि पनि गाह्रो भएको छैन । त्यस्तै १ जना पनि गम्भीर भएर आइसीयु वा भेन्टिलेटरमा जानु परेको छैन ।

-अरु देशमा अचानक बिरामी हुने, लक्षण फटाफट बढ्ने, अस्पताल जाने, आइसीयु भर्ना हुने जस्ता घटना भइरहेका छन् । हामीकहाँ बाहिरबाट नेपाल आएको १ महिना पुरा हुँदा पनि टेस्टमा पोजिटिभ देखिएको छ । तर लक्षण देखिएको छैन । यसको मतलब उनीहरुमा ‘ सक्रिय संक्रमण’ छैन ।

-यी तथ्यबाट के बुझिन्छ भने या कोरोना भाइरस ःगतबतष्यल हुँदै गर्दा हामीकहाँ कमजोर क्तचबष्ल वाला देखिएको छ वा हाम्रो हावापानी, खानपिन, रहनसहन आदिले गर्दा हाम्रो इम्युनिटी पावर धेरै छ । यो अनुसन्धानको बिषय हो ।

-भारत लगायत दक्षिण एसियामा फैलिएको भाइरस समेत कमजोर देखिएको छ । अहिलेसम्म भारतमा १४ हजार ७ सय ९२ जना संक्रमित हुँदा मृतकको संख्या ४८८ मात्र छ । दक्षिण एसियाका अन्य देशमा संक्रमण एकदम सुस्त गतिमा छ ।

-लकडाउनको पूर्ण पालना तथा नेपालले गरेको भन्दा २ हप्ता पहिले बोर्डर शिल एबम एयरपोर्ट बन्द गरेको भए हामीकहाँ एउटा मात्र संक्रमित केस हुने रहेछ ।

– घना बस्ती रहेको काठमाडौं उपत्याका, बुटवल, पोखरा, बिराटनगर, नेपालगंज लगायत ठाउँमा कोरोना संक्रमण नफैलिनु निकै सुखद कुरा हो । त्यस्तै कुपोषण, अशिक्षा, सरसफाइमा कमी, गुजुप्प बस्ती रहेका ठाउँ पनि अहिलेसम्म संक्रमित देखिएका छैनन् ।

– सरकारले टेस्ट नगरेर यस्तो देखिएको हो भनेर भन्न मिल्दैन । कोरोना संक्रमण बढेको भए सिकिस्त हुने वा मृत्यु हुनेको संख्या पनि बढ्ने थियो । नियमित जन्म र मृत्यु त भइरहेका थिए, छन् ।

-यदि सरकारले न्यून आय भएका व्यक्तिलाई पुग्दो राहत दियो भने, लकडाउनलाई अझै कडा गर्यो भने र बोर्डरलाई अझै कडा रुपमा शिल गर्यो भने नेपालमा यसको प्रकोप फैलिने कडी थप कमजोर बन्नेछ ।

सतर्क रहौं, शंकास्पद व्यक्ति कतै देखिएमा प्रहरीलाई खबर गरौँ ! मन बलियो बनाऔं ! शरीर गाडी हो भने म ड्राइभर । ड्राइभर सचेत र परिपक्व भयो भने दुर्घटना हुँदैन ।

मेरो सरकार, ती आतंककारी होइनन् ,पेटमा अन्नको गेडो नपरेर बौलाएका नागरिक हुन्

वि.सं.२०७७ वैशाख ६ शनिवार २०:११ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विश्व हाँसो दिवस सम्पन्न

काठमाडौँ । स्वस्थ, सकारात्मक र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले...

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...