back

मेरो सरकार, ती आतंककारी होइनन् ,पेटमा अन्नको गेडो नपरेर बौलाएका नागरिक हुन्

वि.सं.२०७७ वैशाख ५ शुक्रवार

378 

shares
NTC AD

प्रिय सरकार
सरकार जनताको अभिभावक हो । आफ्नो अभिभावकसंग गुनासो गर्न पाउने नागरिकको अधिकार हो भने आफ्ना नागरिकको गुनासो सुन्नु अभिभावकको कर्तब्य हो । यो गुनासो मेरो मात्र होइन, ३ करोड जनताको गुनासो हो । गुनासो सुन्ने र कार्यान्वयन गर्ने क्षमता सरकारसंग हुन्छ भन्ने मान्यता संसारभर भएकोले हाम्रो सरकारसंग पनि त्यो क्षमता छ भन्ने मेरो मान्यता हो ।

१. मेरो सरकार ! सरकार प्याज जस्तो हुनु भएन, साग जस्तो हुनुपर्यो । प्याजमा भएका पत्र अर्थात लेयरले हाम्रो सरकारलाई घेरे कि ? संसारका अरु देशमा सागजस्ता सरकार छन् । कुनै पत्रले नघेरिएका, पानीको थोपा पनि ग्रहण गर्ने, असिनाका दाना पनि सहने अनि आफु चिमोटिएर जनताको हातमुख जोड्न पनि सहयोग गर्ने । के प्याज सरकार हाम्रो नियति हो ?

२. टेलिभिजन, पत्रपत्रिका, सामाजिक संजाल हेर्दा आँखाबाट आँशुका थोपा यसै भत्किन्छन् । मुटु चिसो भएर आउँछ, मनमा तुफान चल्छ । ती सयौं भोका मान्छेको लस्कर, रोगी मान्छेको लस्कर, सुत्केरी र शिशुहरुको रोदन । उनीहरु हाइकिंगको लागि हिंडेका हैनन्, कमिसन र कालोधनको कुम्लो बोकेर भागेका होइनन् । उनीहरु सरकारको बिरोध गर्न बिद्रोहमा उत्रेका आतंककारी हैनन् । मेरो सरकार ! तिनीहरु पेटमा अन्नको गेडो नपरेर बौलाएका नागरिक हुन्, सिटामोलको गोली किन्ने खुबी नभएका पानीमरुवा हुन् ्र उनीहरुले सरकारको बिरोधमा नारा लगाएका छैनन् । नपत्याए प्याजका पत्रहरू खोलेर सुन, उनीहरु मनमनै भन्दैछन्–कि खान देऊ, कि घर जान देऊ । तिनीहरुलाई आफ्ना हातसँग झोंक चलेको छ, त्यो स्वस्तिक चिन्ह मतपत्रमा ठोक्ने हातलाई सिलौटामा राखेर लोराले कचःकचः थिच्ने मन लागेको छ ।
मेरो सरकार ! सहरमा भोकै मर्ने भयौं, गाउँमा खनखोरस गरेर बाँच्छौं भन्ने ती देशद्रोहीलाई सहर निकाला गर । एउटा कोठा लिएर पढ्न बसेका बिद्यार्थीलाई सहरबाट लेखेट । त्यस्ता सर्वहारालाई यो मिठो धुन बज्ने तथा सप्तरंगी फूल फुल्ने सहरबाट गाडीमा हालेर सहर निकाला गर ।

३. मेरो सरकार ! सिमानाबाट भित्र आउनुपर्ने बाहिर छन्, बाहिर हुनुपर्ने भित्र आइरहेका छन् । सयौं किलोमिटर तातो अलकत्रे बाटोलाई खुट्टाले नाप्दै नाप्दै सिमाना पारी पाल टाँगेर बसेका ती भोकानांगाहरु सरकारलाई स्वस्तिक छाप हानेका देशद्रोही हुन् । रोग, भोक र शोकले ती यति आक्रान्त छन् कि आफ्नै माटोमा आस र सास बिसाउने अन्तिम इच्छा छ, उनीहरुको । उनीहरुलाई सिमा निकाला गरेर गाउँमा पठाउन पाए सरकारको मिठो निद्रा कसैले बिथोल्ने थिएन कि ?
४. प्रिय सरकार ! खाडीको धुपमा पसिनाको धारा चुहाएर रेमिट्यान्सले सरकार पालेका ती भुस्तिघ्रेहरु जागिर गएर मर्नु न बाँच्नु भएका छन् । उनीहरु भन्दैछन, हामीलाई देश फर्काउ सरकार ! हामीले बाँझो जमिनमा सुन फलाएर सरकारलाई पाल्नेछौं । पाल्ने कुरो गर्दैछन त ! कि तुरुन्त चार्टर गरेर ल्याउने हो ?
१ महिना क्वारेन्टाइनमा बस्न पनि तयार छन् उनीहरु । यो त फाइदाको कुरा गरे त !

५. मेरो सरकार ! कोरिया, जापान, इजरायल, युरोप, अमेरिकादेखि सयौं देशमा रहेपनि छातीमा नेपाल बोकेका लाखौँ जनताहरुलाई नेपाल ल्याउने यहि मौका हो । उनीहरु ज्ञान, सिप र अनुभवले उम्दा छन् । उस्तै परे उनीहरुले नेपालको बिकासमा नयाँ मोडेल ल्याउनेछन् । देशको अर्थतन्त्रलाई माथि उठाउनेछन् । सरकार धनी हुनेछ । कि महादेवको तेस्रो आँखा खोल्ने हो ? यसो गर्दा प्याजका पत्रलाई पनि फाइदा, प्याजका दर्जनौं पत्रभित्र विराजमान सरकारलाई पनि फाइदा ।
६. मलाइ डर छ सरकार ! दैनिक ज्यालादारीलाई खै राहत ? न्यून आय भएका व्यक्तिलाई खै हातमुख जोड्ने प्रबन्ध ? भोको पेटले लकडाउन उल्लङ्घन गर्यो भने ? अप्रिय नारा लागे भने ? खानपिनप्रेमिको भण्डार कब्जा भयो भने ? अर्को शक्ति उदाएर यो अकन्टक सत्तालाई ग्रिलभित्र राख्यो भने ? विदेशीका बुट यो कोमल छातीमाथि बज्रिए भने ? जनताले ’ जसको भारी बोकेपनि बोक्ने न हो ‘ जस्तो प्रतिक्रियाबादी जवाफ दिए भने ? त्यो भान्सा, त्यो खानपिन .. सोंच्दै मुटु ढुकढुक हुन्छ, मेरो सरकार ।

लौन ! अझै समय घर्केको छैन

केहि समय यस्ता नकरात्मक कुरा गर्दैै नगरौं

वि.सं.२०७७ वैशाख ५ शुक्रवार ११:५१ मा प्रकाशित

ADBL AD
यस्तो बनोस क्रान्तिकारी, यस्तो चुनियोस् नेतृत्व

यस्तो बनोस क्रान्तिकारी, यस्तो चुनियोस् नेतृत्व

गौरवशाली इतिहास बोकेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी...

बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय

बढ्दो महिला हिंसा, हत्या र रोकथामका उपाय

काठमाडौँ । समाजमा जीउ नै सिरिङ्ग हुने खालका महिला हिंसाका...

अन्तर्राष्ट्रिय शान्ति दिवस र विश्व शान्तिका चुनौतीहरु

अन्तर्राष्ट्रिय शान्ति दिवस र विश्व शान्तिका चुनौतीहरु

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको स्थापना नै सन् १९४५ मा युएन...

संविधान दिवस २०८१ः राष्ट्र निर्माणमा संविधान संशोधनको भूमिका

संविधान दिवस २०८१ः राष्ट्र निर्माणमा संविधान संशोधनको भूमिका

जननिर्मित संविधानको आज दशौँ दिवस हो । २०७२ मा आजकै...

‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’

‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’

संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन ।...

विश्वकर्मा अर्थात् वास्तु दिवस-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र वास्तु

विश्वकर्मा अर्थात् वास्तु दिवस-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र वास्तु

काठमाडौँ । आज विश्वकर्मा अर्थात् वास्तु दिवस । वास्तु दिवसको...