back
CTIZAN AD

नेकपा नेताद्धारा नै सरकारलाई कडा चेतावनी, गरिव र मजदुरको आँसुले सत्ता नबगोस्

वि.सं.२०७७ वैशाख ५ शुक्रवार

1.3K 

shares

५ बैशाख, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता तथा प्रवास समन्वय कमिटीका अध्यक्ष युवराज चौलागाईँले गरिव र मजदुरको स्थिति कहाली लाग्दो बन्दै गरेको र उनीहरुको आँसुले घडा भरिने स्थिति पुगेको बताएका छन् ।

वर्तमान संवेदनशीलताको कारण अब सरकाको मुक समर्थक बन्न नसक्ने समेत बताएका छन् ।  गरिव, मजदुरहरुको सडकमा देखिएको लर्को र उनीहरुप्रतिको सरकारी उदासीनताले पुर्याएको परकाष्ठा प्रति इगित गर्दै उनले गरिब र मजदुरको आँसुले घडा नभरियोस् र भुँइ मान्छेको सुस्केराले नेतृत्वको आसन नडगमगाओस् भन्ने चेतावनी समेत दिएका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, ‘गरीब, मजदूरहरुको आँशुले सत्ताको घडा नभरियोस ।
भुंइ मान्छेहरुको सुस्केराले नेतृत्वको आसन नडग्मगाओस ।

जुन बेला राज्य र नेतृत्वको साथ सहयोग चाहिन्छ,त्यहिबेला देखिइरहेको हाम्रो कृतघ्नताको मूल्य असाध्य हुन्छ जो चुकाउनै नसकिने हुन् सक्छ । राम्रा कामहरुबारे बोल्नै नमिल्ने गरी राज्य हीनता, अविभावक बिहीनता, नेतृत्व बिहीनता सडकमा छचल्कियो। आफ्नै हली गोठाला ज्यामि खेताला बा आमालाई बिर्सियौं त हामीले ? यी सड़क मानवहरु हाम्रै ती निकट आफन्तहरु जस्तै त छन् !

लकडाउन बेठिक कसैले भनेन । सरकारको अवज्ञा गर्छु कसैले भनेन । तर, भोको मान्छे रोटी खोज्न घर बाहिर निस्कियो । बेसहारा मजदूर अपनत्व खोज्न सुदूर गाउं सोझियो । तिनलाई बेवास्ता नगरौं । तिनलाई लात्ती भकुण्डो नगरौं । तिनका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा भएको पैसा निकालेर खर्च गरौं। सहरका चौरहरुमा सामूहिक भोजनालय र सुरक्षित आबास उपलव्ध गराऔं । गाउं जान चाहनेहरुलाई सुरक्षा मापदण्ड सहित प्रहरी र नागरिक संस्थाहरुको भरपर्दो सहयोगमा यातायात मार्फÞत पठाऔं। ३० हजÞार बढीलाई राख्न मिल्ने क्वारेन्टाइन छ भनेको थियो सरकारले, त्यहा‘ तिनलाई राखौं । क्याबिनेटबाट बिभिन्न कार्यक्षेत्र तोकेर मन्त्रीहरुको कार्य्बिभाजन भएको समाचार आएको थियो। ती क्षेत्रका समस्याबारे मन्त्रीज्यूहरु चुप्पी सांधेर नबसौं–समाधान गरौं वा बाधा के हो सार्वजनिक गरौं ।
भोको र असुरक्षित जनताले समुहको सोच्नु पर्दैन, आफ्नो सोच्छ । राज्यले व्यक्ति भन्दा फरक समुहको बारेमा सोच्नु पर्छ । समूह भित्रका बिबिधताहरुबारे सोच्नु पर्छ। त्यो उसको दायित्व हो ।
सरकार ! तिमी के सोचिरहेका छौ? म यति सारो असंवेदनशीलताको मूक समर्थक बन्न सक्तिन ।
तर, सामान्यतः म सरकारको समर्थक हुं ।’

वि.सं.२०७७ वैशाख ५ शुक्रवार ११:१३ मा प्रकाशित

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्को (रसिया) । सन् २०२६, अप्रिलको मध्यतिर । राजधानी मस्कोमा...

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...