back
CTIZAN AD

केहि समय यस्ता नकरात्मक कुरा गर्दैै नगरौं

वि.सं.२०७७ वैशाख ४ बिहीवार

798 

shares

लाखौंको रोजगारी जाने भयो भनेर चिन्ता नगरौं । खेतीपाती, बाख्रापालन, कुखुरापालन, गाईभैंसी पालन आदि गरेर हाम्रा फार्ममा अरुलाई रोजगार दिने हैसियत हाम्रो बन्नेछ ।

हामीकहाँ ४-६ हप्ता कोरोना लागेका मान्छे भन्दैछन – हामीलाई केहि पनि भएको छैन, एउटा लक्षण पनि देखिएको छैन । लाखौँ मान्छेको कोरोनाबाट मृत्यु हुँदा अहिलेसम्म पोजिटिभ देखिएका १ जना पनि आइसीयु र भेन्टिलेटरमा बस्नुपरेको छैन ।

कोरोना संक्रमणले गर्दा अर्थतन्त्र टाट पल्टिने भयो, पैसा अबमुल्यन हुने भयो, सेयर बजार डुब्ने भयो, आर्थिक मन्दी आउने भयो, रेमिट्यान्स घट्ने भयो, कुल ग्राहस्थ उत्पादन घट्ने भयो, जस्ता तनाब दिने कुरा नगरौं । यस्ता कुरा भूकम्पको बेला पनि भएका थिए । नाकाबन्दीको बेला पनि भएका थिए । भोलि कोरोना संक्रमण नियन्त्रणमा आएपछि घाउहरु निको हुँदै जान्छन । नेपाल औद्योगिक देश हैन तसर्थ अर्थतन्त्र हामीले सोंचेजस्तो डुब्ने छैन । यो संकट पार गरेपछि बरु दिनमा १६ घण्टा काम गरौंला । झन्डै बिस हजारको मृत्यु र १० बर्ष चलेको द्वन्द्वमा पनि हाम्रो अर्थतन्त्र सम्हालिएको तथ्य नबिर्सौं ।

भारतले सामान पठाउन बन्द गर्यो भने इन्धन, खाना र औषधि नपाएर मरिन्छ भन्ने जस्ता कुरा पनि नगरौं । नाकाबन्दीमा बाँचेका थियौं । औषधिको केमिकल चीनबाट ल्याउने हो भारतले पनि,  हामीले सिधै चीनबाट ल्याउन सकिन्छ । नेपालमा सयौं औषधि कम्पनी छन् । उनीहरुले आफ्नो ब्यबसाय गर्नेछन ।

त्यस्तै हामीले ग्यास नपाए बिजुली, दाउरा, गुंइठा बालेर पनि काम चलाउन सक्छौं । बिद्युत उत्पादन र वितरणमा काम गर्यौं भने हामीलाई ग्यास सिलिन्डर नभएपनि काम चल्छ । नेपाल कृषिप्रधान देश हो । गाउँ पुरै बाँझो छ । गाह्रो पर्यो भने हामीहरु खेतीपाती गरेर, अर्गानिक खाना खाएर तथा गाउँ आवाद गरेर झन् आत्मनिर्भर हुनेछौं ।

लाखौंको रोजगारी जाने भयो भनेर चिन्ता नगरौं । खेतीपाती, बाख्रापालन, कुखुरापालन, गाईभैंसी पालन आदि गरेर हाम्रा फार्ममा अरुलाई रोजगार दिने हैसियत हाम्रो बन्नेछ ।

कोरोना फैलियो भने बिकसित देशमा लाख भन्दा धेरै मान्छेको मृत्यु भयो भने हाम्रो के गति होला भनेर चिन्ता नगरौं । मर्न त्यति सजिलो छैन । संसार कोरोनाले पीडित हुँदा हामी सुरक्षित हुनु संयोग मात्र हैन । हाम्रो हावापानी, खानपिन, रहनसहन कोरोना प्रतिरोधी छ ।

हामीकहाँ ४-६ हप्ता कोरोना लागेका मान्छे भन्दैछन – हामीलाई केहि पनि भएको छैन, एउटा लक्षण पनि देखिएको छैन । लाखौँ मान्छेको कोरोनाबाट मृत्यु हुँदा अहिलेसम्म पोजिटिभ देखिएका १ जना पनि आइसीयु र भेन्टिलेटरमा बस्नुपरेको छैन । उनीहरु दालभात, तरकारी खाएर तथा आफन्तसंग फोनमा कुरा गरेर अस्पतालमा बसेका छन् ।

सरकारले केहि गर्दैन, भ्रस्ट्राचार मात्र गर्छ भनेर निरासाको व्यापार नगरौं । सरकारले लकडाउन नगरेको भए स्थिति अर्कै हुनसक्थ्यो । देशभर क्वारेन्टाइन, आइसोलेसन केन्द्र, अस्पतालमा बेडको क्षमता, PPE जस्ता अत्याबश्यक कुरामा प्रगति भएको छ । प्रहरी प्रशासन रातदिन खटेको छ । स्वास्थ्यकर्मीहरु ज्यानको बाजी राखेर काम गरिरहेका छन् ।

जटिल परिस्थिति आयो भने सरकारले तदनुसार काम गर्नेछ । यस्तो बेलामा कात्रोमा खल्ती सिलाउनेलाई अख्तियार, सिआइबि, चुनाब आदिले तह लगाउनेछन् । उनीहरुलाई पापले भतभती पोल्नेछ । नराम्रो गर्नेको कहिल्यै राम्रो भएको छैन ।

सहरमा खान नपाएर तथा उपचार नपाएर धेरैजना मर्ने भए भएर निरुत्साहित गर्ने कुरा नगरौं । कोहि भोको र बिरामी भयो भने प्रहरी कार्यालय वा वडा कार्यालय जानु भयो भने भोक र ज्वरोले मरिने छैन । गाउँगाउँमा सरकारी स्वास्थ्य संस्था छन् । स्वास्थ्यकर्मीले हप्तामा सातै दिन काम गरिरहेका छन् ।

भारतमा कोरोना धेरै फैलियो भने इन्डियनहरु नेपाल आएर बर्बाद गर्छन भनेर पनि चिन्ता नगरौं । त्यो परिस्थिति देखियो भने सरकारले बोर्डर शिल गर्छ । मेचीदेखि महाकालीसम्म सुरक्षाकर्मी र स्थानीय जनताको गस्ती हुनेछ । आबश्यक परे सिमानामा कर्फ्यु लागु हुनेछ । हामी लाखौँ स्वयंसेवी जनताको स्वास्थ्य रक्षा गर्न सिमानामा उभिनेछौं ।

चिन्ता, तनाब, असुरक्षा अनुभूति आदिले रोगसँग लड्ने शारीरिक, मानसिक तथा इम्युनिटी प्रणालीमा नकारात्मक असर गर्दछ । तसर्थ घरमै बसौं, स्वस्थ रहौं, मस्त रहौं । सकिन्छ आशाका किरण वितरण गरौं, सकिदैन, निराशाको मन्दबिष वितरण नगरौं ।

वि.सं.२०७७ वैशाख ४ बिहीवार ११:२० मा प्रकाशित

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संघीय सांसद आशिका तामाङ प्रत्येक...

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

पाँच महिनापछि नेपाल फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जारी...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...