back
CTIZAN AD

स्पेनका कोरोना प्रभावित नेपालीलाई राहत सहयोगका लागि यसरी जुटे यी अभियन्ता

वि.सं.२०७७ वैशाख ४ बिहीवार

861 

shares

१६ अप्रिल, युरोप  । गएको चार दिनमा स्पेनमा ८७ जनाले खाद्यान्न राहत पाएसगै कोरोना भाइरसका कारण पीडामा परेका नेपाली समुदायको मुहारमा खुसी छाएको छ ।
कोरोना महामारीबाट विश्व आक्रान्त बन्दै गर्दा स्पेन पनि अछुतो रहेन । स्पेन लकडाउनसँगै यहाका नेपालीहरू पनि घरभित्रै बस्न बाध्य बने । तर, केही मनकारीहरूका कारण आफ्नो पीडा भुल्न बाध्य पनि भए स्पेनवासी पीडित नेपालीहरू । महिना दिन भै सक्दा पनि घरभित्रै छन् । घर बाहीर निस्के पुलीसले फाईन गर्छ तर मनकारी समाजसेवीहरूका कारण राहत घरमै आउदा भने धेरैको मुहार फरफुल्ल बनेको छ ।

एनआरएनए (वान एनसीसी वान) प्रोजेक्टद्वारा स्पेनका कोरोना पिडितलाई ५०० यूरो बराबरको खाद्यान्न चामल सहयोग , यूरोपको जर्मनीबाट दिलु गुरूडको ६०० यूरो खद्यान्न, चामले सहयोग, बेलायतबाट कुल आचार्यद्वारा ५०० यूरो बराबरको खाद्यान्न राहत सहयोग, बेल्जियमको लुभेनमा बसोबास गर्दै आएका लोक बहादुर राना मगरको १५५ यूरो वराबरको खाद्यान्न सहयोग, स्पेनबाट सुबु शाही द्वारा ५० यूरो बराबरको खाद्यान्न सहयोग गरेका हुन् ।
उक्त राहतमा एकरूपता ल्याईएको छ । ८७ जनालाई १५ किलोका दरले सुपर वास्मती चामल वितरण गरिएको हो । सबै सहयोगी दाताहरूको सहयोग बार्सिलोनामा आफै खटिएर वितरण गरिएको संयोजक सन्त बहादुर क्षेत्रीले बताए ।
लकडाउनको अवस्थामा राहत वितरणमा निकै कठीनाई आए पनि संयमीत भएर स्पेन प्रहरीको अनुमतिमा पीडितको हातैमा राहत बितरण गर्न पाएकोमा क्षेत्रीले खुसी व्यक्त गरे ।
‘हामीले पीडिी्तहरूले राहत विवरण लिएको अवस्थको फोटो भिडियो लिएका छौ तर धेरैजसो पीडितहरूले आफ्नो नाम भिडियो फोटो मिडियामा सार्वजनिक गर्ने भए राहत नलिने बताएसँगै सबै पब्लिक गर्न असमर्थता जनाएकोले गोप्य राख्ने निर्णय गरेका छौ ।’ उनले भने ।

वास्तविक पीडित हो की, होईन भनेर बारम्बार बिभिन्न ब्यक्तीमार्फत् फोन कलद्वारा बुझ्दै पीडितका साथीहरू अनी घरभेटीहरू लगायत समाजका अगुवाहरूहरूको सहयोग सम्पर्कमा गरेको सूचनाको आधारमा वास्तविक पीडितलाई नै राहत दिएका हौ म्याड्रीड निवासी एनसीसीको ‘वान एन सी सी वान’ प्रोजेक्टकी सदस्य सुन्दरी लामाले बताएकी छन् ।

बिल्बाउमा हालसम्म कोरोना पीडित नभएको त्यहाबाट गंगाराम सापकोटाले बताएका छन् । कोही पीडित भेटीएर सम्पर्क गरेको खण्डमा जानकारी गराउने सापकोटाले वताएका छन् । आगामी दिनहरूमा यूरोपका अन्य देशहरूमा सहयोग गर्ने सोच बनाईएको वितरण संयोजक सन्त बहादुर क्षेत्रीले बताए ।

वि.सं.२०७७ वैशाख ४ बिहीवार ११:३४ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...