back
CTIZAN AD

फेदीखोला गाउँपालिकाले हिँडेर नाकामा पुगेका मजदुरलाई खाना खुवाउन थाल्यो

वि.सं.२०७७ वैशाख ५ शुक्रवार

729 

shares

५ बैशाख, काठमाण्डौं । लकडाउनका समयमा हिँडेर स्याङजा र कास्की जिल्लाको नाकामा पर्ने सिद्धार्थ राजमार्ग फेदीखोलाको कुभिन्डे नाकामा पुगेका मजदुरहरुलाई गाउँपालिकाले खाने बस्ने व्यवस्था गरेको छ ।

गाँउपालिका र स्थानीयबासिको सहकार्यमा उक्त कार्यको थालनी गरेको फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताएका छन् ।
सुवेदीका अनुसार केही दिन अघि क्याटरिङमार्फत् १०० जनाजतिलाई खाना खुवाउने गरिएको भएपनि आजबाट गाउँपालिका र स्थानीयबासीको सहकार्यमा त्यहि खाना बनाएर खुवाउन लागिएको बताए ।

‘उहाँहरु जति जना आएपनि हामीले खाना खुवाउन तयार छौं, बस्नको व्यवस्था पनि छ । तर, मजदुर साथीहरु बस्न मान्नुहुन्छ हिँडेरै अनि भोकै भएपनि घर पुग्ने बताउनुहुन्छ । हामीले राति पर्यो जान सक्नु भएन भने बस्नको लागि व्यवस्था पनि गरेका छौं ।’ अध्यक्ष सुवेदीले संसारन्युजसँग भने ।

उनले उक्त नाकामा हेल्थ डेस्क र सुरक्षा क्षेत्रमा खटिएका सम्पूर्ण मजदुरसँगै दूरी कायम गरेर अभियानमा जुटिरहेको बताएका छन् । ‘सर्केटारी समाजको पहलकदमी प्रती पनि गाउपालिका हार्दिक आभार प्रकट गर्दै धन्यवाद ब्यक्त गर्दछौ ’ अध्यक्षसुवेदीले भनेका छन् ।

वि.सं.२०७७ वैशाख ५ शुक्रवार १२:२२ मा प्रकाशित

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...