back
CTIZAN AD

दूतावासको बेवास्ताले २९६ जना नेपाली अलपत्र(हेर्नुस भिडियो)

वि.सं.२०७७ वैशाख ५ शुक्रवार

660 

shares

दुबईको Flex Facility Management llc सप्लाइ कम्पनीमा कार्यरत २९६ जना नेपाली कामदार भोकभोकै मर्न पर्ने अवस्था छ। मार्च १५ देखी अलपत्र नेपालीहरु नेपालको human resource pvt ltd बसुन्धराबाट आएका हुन।

अधिकांस कामदार दुबई आएको तिन महिना नहुदै कम्पनिले भने बमोजिम तलब नदिएपछी बिबाद भएको थियो। बिबादपछी अन्यायमा परेको महसुस गर्दै नेपाल फर्किने सोच बनाइ आफुसग भएको पैसाबाट टिकट काटी नेपाल गएर मेनपावरबाट क्षतिपूर्ती लिने सोच बनाइ घर जान एर्पोट पुग्दा अन्तर्रास्ट्रिय उडान बन्द भएकोले उडान अनिश्चित भएको एरलाइन्सले बताएपछी फर्किएर कम्पनी आउदा उनिहरुलाई गेटभित्र पस्न दिइएन । धेरै कोसिसपछी कम्पनी भित्र बस्न दिएपनी फलामको बेड बाहेक केहि छैन । उनिहरुसग भएको पैसाले टिकट काटेको र टिकट फिर्ता नहुने एअर अरेबियाको भनाइ पछि उनिहरुसग खाने पैसा नभएको हो। नजिकै रहेको चाइनिज कम्पनिले बचेको खाना केहि दिन्थ्यो र केहि साथिसग भएको केहि रकम र साथिको आफन्तले दिएको रकम सबै मिलाउँदै खादै केहि जेनतेन अहिलेसम्म दिनहरु कटेका छन् ।

मजदुर एकता समाज र यस संस्थाका अभियन्ता समर्पण भट्टराई, दुबई नेपाली एकता समाज र बिभिन्न समाजसेवीको दबाब पछि मेनपावरले ९००० दिराम पठाएको थियो । त्यो पैसाले २९६ जनालाई ४–५ दिन खान पुग्ने रकम हो। हाल उनीहरुले दिनमा एक छाक नुनसँग खाना खाएर सास अल्झाइरहेका छन् ।

सुरुमै समस्या आउनासाथ बिभिन्न समाजसेवीमार्फत दुताबासको ध्यानाकर्षण गराइएको भएपनि दुताबासबाट खाना कम्पनिले दिइरहेको भन्ने झुटो जबाफ आउने गरेको पीडितको भनाई छ । यता पिडितहरु हामी कसरी ज्यान बचाएर घर पुग्ने मरेपनी आफ्नै देशमा मर्ने भन्दै सहयोगको अपिल गरिरहेका छन् । पटक पटक श्रम सहचारी र राजदुतका अन्य कर्मचारीलाई सम्पर्क गर्दा सबैले राजदुतलाइ भन्नोस भन्ने जबाफ आउने र राजदुतले फोन उठाउने तर नाम सुन्नासाथ फोन काट्ने र मेसेजमा ब्लक हान्ने काम गरेको उनीहरुको गुनासो छ । दूतावासकै कारण २९६ जना नेपालीको अकालमा ज्यान जाने निस्चित भएको छ। बिभिन्न माध्यमबाट बैदेशिक रोजगार बिभाग, श्रम मन्त्रालय लगायत ठाउँमा ध्यानाकर्षण गराइएको छ तर सरकारले पनि बेवास्ता गरेको देखिएको छ।

केहि ब्यक्ती बेहोस भएर ढल्न थालेको अवस्था छ । भोली एक जनाको पनि ज्यान गएमा दूताबास र मेनपावर जबाफदेही हुनेछ। खान नपाएर बेहाल भएको खबर न्युजमा आएपछी मेनपावरले पिडितको परिवारलाई फोन गरेर धम्क्याएको कुरा पिडितहरुले बताइरहेका छन् ।

वि.सं.२०७७ वैशाख ५ शुक्रवार १४:१४ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...