back
CTIZAN AD

गम्भीर वर्तमान र गडबड भविष्यबारे केही कुरा

वि.सं.२०७७ वैशाख ५ शुक्रवार

696 

shares

अहिल्यै सामाजिक संजालमा सबैतिर रहेका सच्चा, स्वच्छ, स्वाभिमानी, स्वविवेकी, न्याय-समानता र स्वतन्त्रताप्रेमी, इमान्दार, क्रान्तिकारी र देसभक्तहरुको एउटा समूह बनाई छलफलगरौं, कार्यक्रम बनाऔं र जनतालाई जगाऔं र जुटाऔं, सबैतिरका सच्चा नेताहरुलाई सर्वप्रथम सही सुझाव दिऔं, साहस भरौं र साथ दिऔं, नभए चेतावनी दिऔं, खबर्दारी र हस्तक्षेप गरौं ।

नेपालमा विगत लामो समयदेखी भैरहेका बेथिती, अनियमितता, कमिसनखोरी, महङ्गी, कालाबजारी, दलाली र भ्रस्टाचार आदि इत्यादि भयावह परिघटनाहरुका कारण राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्या विकराल बन्दै गैरहेका छन् । त्यसमाथी हालैको आयातित अनिष्ट (कोरोनाभाइरस नामक विश्वब्यापी महामारी) को प्रकोप र आतंकसङ्गैको सरकारी आलटाल, अस्तव्यस्तता, अनियमितता, गैरजिम्मेवारी, भद्रगोल र भाँडभैलोका बिच यस महामारीबाट बच्नको लागि अत्यावश्यक स्वास्थ्यसामाग्री खरिदमा भएको भनिएको भयङ्कर भ्रष्टाचारलाई लिएर भैरहेका चौतर्फी भर्त्सना र भण्डाफोरका कारण दिनानुदिन धोद्रो र कमजोर बन्दै गैरहेको वर्तमान गणतन्त्रका विरुद्ध विद्रोह र विष्फोटको वातावरण बनिरहेको छ ।

यो अवस्था भनेको निकै नाजुक, संवेदनशील र गम्भीर अवस्था हो । यसै अवस्थालाई पूँजीकृत गर्दै देसी- विदेसी प्रतिकृयावादी(साम्राज्यवादी–विस्तारवादी_ शक्तिहरुले प्रतिगमन र प्रलयका दुस्प्रयास र षड्यन्त्रहरु गरेर हाम्रो भविष्यप्रति निकै नै गडबड गरिरहेका छन् !
अहिले समाजवादी –साम्यवादी क्रान्तिकारी र बैज्ञानिक विचारधारा, व्यवस्था, विधि र व्यवहार तथा यीबारेका वैचारिक वहस आदि सबैको विघटन र विसर्जन हुदैगैरहेको विषम र विडम्बनापूर्ण वर्तमानमा समाजवादी–साम्यवादी सिद्धान्तबाट शिक्षित, सचेत र संघर्षशील सदस्य रनागरिकका नाताले के गरौं, कसो गरौं, केही न केही त गरौं भन्ने लागिरहेको थियो ।

यसै बिचमा हाम्रो दसबर्से महान् जनयुद्धका टेक्निकल साइन्स विभागका प्रमुख क। दिवाकर अर्थात् देवेन्द्र श्रेष्ठले फोन गर्नु भयो र हाम्रा बिचमा देस, जनता, क्रान्ती र पार्टीको रक्षाको लागि केही गरौं भन्ने प्रसङ्गमा राम्रो सरसल्लाह भयो । यससन्दर्भमा सर्वप्रथम निश्चित सीमा तय गर्ने, ती सीमाभित्र समेटिने विशेष व्यक्तित्वहरुको नामावली संकलन गर्ने, उहाँहरुसँग सम्पर्क गरि एकल वा सामूहिक रुपमा पहिले साइवर र पछि सम्भव भएमा प्रत्यक्ष छलफल गर्ने गरी एउटा कार्ययोजना र एउटा सशक्त प्रभावकारी टीम बनाएर राज्य र आन्दोलनमा हुँदैगरेको प्रतिगमन र प्रतिक्रान्तिलाई रोक्ने कार्यक्रमहरु कार्यान्वयन गर्ने(गराउने भन्नेमा पुगियो ! यसो गर्दा सके त केही न केही सकारात्मक उपलब्धी पनि होला, न भए र नसके पनि कम्तिमा हामीले आफ्नो दायित्व पूरा गर्न गरेको प्रयत्न र संघर्षले हामीलाई आत्मसन्तुष्टि त देला भनेर केही गर्ने प्रस्ताव अघि सार्ने जमर्को गरिएको हो ।

हुन त आज एकातिर राज्यसत्ता, राज्यशक्ती, राज्य संयन्त्र अनि समाज र पार्टिका पदवाला र पावरवालाहरु प्लस पद, प्लस पावर, प्लस पैसा, प्लस प्राण, प्लस प्रतिष्ठा, प्लस पहुँच र प्लस प्रेयसीका पछिपछी प्राप्त पद– प्रतिष्ठा र प्राणपखेरुको पनि पर्वाहबिना परिवारवाद, पेरिफेरिवाद र परभक्तिवादको पोखरीमा पौडिरहेको पीडादायी परिवेश छ भने अर्कातिर पछिल्ला पिंढिका पृय पात्रहरु पनि आफ्ना दिल-दिमाग र दैनिकीमा दलाली, दासता, दम्भ र दादागिरी दर्ज गर्दै सत्ता, शक्ति, संगठन र संघसंस्थाको उपयोग-दुरुपयोग गर्दै आफ्नो कलो, थलो र टालोको निम्ति भ्रष्ट, दुष्ट र पापिष्टसङ्ग समेत कला-गला र गाला-माला मिलाउने ताल, चाल र ढाल चलिरहेका छन् । नयाँ वा दोस्रो पुस्ताका भनिने यी उत्तराधिकारी ठानिनेहरु पनि आआफ्ना गाँस, बास, कपासको नाममा लासको राजनीतिमा भौंतारिरहदा उम्कनै नसकिने भ्रष्टाचारको भयङ्कर भासमा भासिएको दुखद विडम्बनापूर्ण अवस्था समेत भयो । त्यही जटिल, गम्भीर र संवेदनशील घडीमा पाखा पारिएका र परपर पुगेका पुरानो वा पछिल्लो पुस्ताका पवित्र प्रतिभाहरुले क्रान्ती, मुक्ती र प्रगतीलाई मति र गति दिन जे जति सकिएला दिनुपर्छ, दिऊँ र केही त गरौं है भनेर नै गत फागुन १ गते जनयुद्ध दिवस विभिन्न समूहमा छरिएर रहेका संगठित वा स्वतन्त्र माओवादी जनयुद्धका नेता, कार्यकर्ता, योद्धा र समर्थक-शुभचिन्तक लगायतका केही इमानदार क्रान्तिकारी कमरेडहरुद्वारा अलि भिन्न प्रकारले स्मरण गर्दै मनाइएको थियो । यसरी बागबजारको हार्दिक होटलमा २५औं जनयुद्ध दिवस मनाएर हामीले जनयुद्धको विचार, लक्ष, मर्म र भावना सही रहेको, त्यसको योगदान र बलिदान अमूल्य रहेको र त्यसका सहिद, बेपत्ता, घाइते र जेल-हिरासतवन्दीहरु सम्मान र सम्झनायोग्य रहेका अनि जनयुद्धको संचालन गर्ने नेता-कार्यकर्ता र जनयुद्धका सहभागी, समर्थक र सहयोगीहरुको त्याग, तपस्या र लगानी र कुर्वानी स्तुत्य रहेको संश्लेषण गरिएको थियो । साथै उक्त कार्यक्रमद्वारा छरिएर रहेका सम्पूर्ण नेपाली कम्युनिस्ट क्रान्तिकारीहरु एकताबद्ध हुनुपर्नेस सहिद, बेपत्ता र घाइते योद्धाका अधुरा सपना साकार पारिनुपर्ने, कम्युनिस्ट पार्टीका राष्ट्रिय- अन्तर्राष्ट्रिय संस्थापक र गुरुहरुका अपूरा नीति, योजना र कार्यक्रमहरु पूरा गरिनुपर्ने जस्ता महत्वपूर्ण सन्देस संप्रेषण गर्ने प्रयत्न भएको थियो ।

त्यसैले पनि त्यसलाई निरन्तरता दिन र वर्तमानमा पार्टी र राज्यको नेतृत्व, समग्र पार्टीपंक्ति, राज्यव्यवस्था अनि समाज र संस्कार-संस्कृतिमा अन्तर्निहित व्यक्ताव्यक्त, दृश्यादृश्य र चुरप्रचुर विचलन- विघटन, विकृती- विसङ्गती तथा हालैको कोरोना महामारी र यसलेगर्दा बढेका भोकमरी लगायतका तत्कालका समस्या अनि प्रतिक्रान्ती र प्रतिगमनजस्ता तत्कालीन र दीर्घकालीन समस्याहरुका विरुद्ध प्रभावकारी र परिणाममुखी संघर्ष सफल पार्न जरुरी छ । लाग्छ, यसरी मात्र एकातिर जनयुद्ध र जनआन्दोलनका असली नीति, निर्णय, निर्देशन, नारा र नायकहरुलाई स्थापित र सम्मानित गर्न सकिन्छ भने अर्कातिर यसका वास्तविक खलनायकहरुलाई विस्थापित र पराजित गर्न सकिन्छ अनि जनयुद्ध र जनआन्दोलनबाट प्राप्त अग्रगामी र प्रगतिशील उपलब्धीहरुलाई संरक्षण र सम्बर्द्धन गर्दै थप उपलब्धिका लागि लड्न र बढ्न सकिन्छ, जो आजको हाम्रो प्रमुख दायित्व र अनिवार्य आवश्यकता पनि हो ।

तसर्थ, अहिल्यै सामाजिक संजालमा सबैतिर रहेका सच्चा, स्वच्छ, स्वाभिमानी, स्वविवेकी, न्याय-समानता र स्वतन्त्रताप्रेमी, इमान्दार, क्रान्तिकारी र देसभक्तहरुको एउटा समूह बनाई छलफलगरौं, कार्यक्रम बनाऔं र जनतालाई जगाऔं र जुटाऔं, सबैतिरका सच्चा नेताहरुलाई सर्वप्रथम सही सुझाव दिऔं, साहस भरौं र साथ दिऔं, नभए चेतावनी दिऔं, खबर्दारी र हस्तक्षेप गरौं । जे होस् , जसरी होस् वर्तमानको यो ज्यादैनै कृटिकल अवस्थाबाट देस र जनतालाई पार लगाउन संयुक्त, सशक्त र निर्णायक प्रयत्न गरौं । अस्तु

वि.सं.२०७७ वैशाख ५ शुक्रवार १४:४० मा प्रकाशित

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

सांसद तामाङको खाली खुट्टा ‘आस्था’ कि ‘स्टन्ट’ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संघीय सांसद आशिका तामाङ प्रत्येक...

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

पाँच महिनापछि नेपाल फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जारी...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...