back
CTIZAN AD

एक बर्षे कोरोना रोग बीमालेख सुरु १ लाखको ५ सय, ५० हजारको ३ सय प्रिमियम

वि.सं.२०७७ वैशाख ७ आइतवार

1.3K 

shares

 

“एक लाखको बीमा गर्दा प्रतिव्यक्ति १००० तथा सम्पूर्ण परिवारकै बीमा गर्नु पर्दा ६०० प्रिमियम लिने ब्यबस्था गरेको छ । जुन ‘क ‘ श्रेणीमा पर्दछ । त्यस्तै ‘ख ‘ श्रेणीको बीमा रु ५० हजार बराबरको छ । जसमा बीमा गर्दा बीमितले ५०० प्रिमियम तिर्नु पर्दछ तथा परिबार सबैको बीमा गर्नु पर्ने भएमा प्रति ब्यक्ति तीन सय प्रिमियम तिर्नु पर्ने व्यवस्था पनि बीमा समितिले जारी गरेको निर्देशिकामा उल्लेख गरिएको छ ।

७ वैशाख काठमाडौं । बीमा समितिले कोरोना भाईरसको उपचारको लागि नितिगत व्यवस्था गरेको छ । हालको घातक रोग सरहको हुने गरि एक बर्षे कोरोना रोग बीमालेख व्यवस्था गरिएको वीमा समितिले जनाएको छ ।

समितिका अनुसार कोरोना उपचार बीमालाई दुई श्रेणीमा बिभाजन गरिएको छ । जस अनुसार एकलाखको बीमा गर्दा प्रतिव्यक्ति १००० तथा सम्पूर्ण परिवारकै बीमा गर्नु पर्दा ६०० प्रिमियम लिने ब्यबस्था गरेको छ । जुन ‘क’ श्रेणीमा पर्दछ । त्यस्तै ‘ख’ श्रेणीको बीमा रु ५० हजार बराबरको छ । जसमा बीमा गर्दा बीमितले ५०० प्रिमियम तिर्नु पर्दछ तथा परिबार सबैको बीमा गर्नु पर्ने भएमा प्रति ब्यक्ति तीन सय प्रिमियम तिर्नु पर्ने व्यवस्था पनि बीमा समितिले जारी गरेको निर्देशिकामा उल्लेख गरिएको छ ।

निर्देशिका अनुसार कुनै पनि व्यक्ति जन्मेको तीन महिना देखि ९९ बर्ष सम्मको लागि यो बीमालेख आकर्षित हुने छ । त्यस्तै बीमालेख जारी हुनु भन्दा पहिले र बीमालेख जारी भएको १५ दिनसम्म कारोना लागेको प्रमाणित भएमा यो बीमालेख आकर्षित हुने छैन । साथै कोरोना बाहेक अन्य रोग लागेको अबस्थामा पनि दावी भुक्तानी पाईने छैन भनिएको छ ।

बीमा समितिले यस अघि सम्पूर्ण निर्जीवन बिमा कम्पनीहरुलाई कोरोना भाइरसको बीमालेख जारि गर्ने व्यवस्था गर्न निर्देशन दिएको थियो । यस संगै कारोना रोग लागेकाहरुलाई औषधि उपचार गर्न सहज हुने अपेक्ष गरिएको छ ।

हेर्नुहोस कोरोना बीमालेख सम्बन्धी बीमा समितिले जारी गरेको निर्देशिका

वि.सं.२०७७ वैशाख ७ आइतवार १३:५८ मा प्रकाशित

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने...

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...