back
CTIZAN AD

कोरोना अपडेट : युरोप–अमेरिकामा घट्दै, भारतमा बढ्दै

वि.सं.२०७७ वैशाख ८ सोमवार

858 

shares

८ वैशाख, काठमाडौँ । चीनको हुवेईको वुहान सिटीबाट सुरु भै इटाली, स्पेन र अमेरीकालाई थला पार्दै नोबेल कोरोना भाइरस अर्थात् (कोभिड १९) अहिले विश्वका २१० देश पुगिसकेको छ ।

२०७७ वैशाख ८ (सन् २०२० अप्रिल २०) बिहान ८.०० बजेसम्मको प्राप्त समाचार अनुसार संसारका २४ लाख ८ हजार ९०५ मानिसमा कोरोना भाइरस सल्केको छ, एकैदिन ७५ हजार ९४१ जना नयाँ संक्रमित थपिएको हो ।

त्यस्तै कोरोनाका कारण ज्यान गुमाउनेको कूल संख्या १,६५,०५८ रहेको छ । एकैदिन ४३०३ जनाको मृत्यु भएको छ, दुई दिन देखि मृत्यु संख्या घट्दोक्रममा छ ।

निको भएर घर फर्किएकाहरु संख्याका ६१७,०१३ छ भने उपचाररत हालको बिरामीको संख्या १,६२४,८३४ रहेको छ । जसमध्ये १,५७०,६१६ को अवस्था मध्यम छ भने ५४,२१८ को स्थिति गम्भिर रहेको छ ।

वल्र्डोमीटरका अनुसार अहिले सबैभन्दा बढी प्रभावित हुने र मृत्यु हुनेमा अमेरिका नै अघि देखिन्छ । अमेरिकामा मात्रै प्रभावितको संख्या ७६३,८३६ पुगेको छ भने ४०,५५५ को मृत्यु भएको छ । एकै दिन २५००६ नयाँ संक्रमित थपिएका छन् भने १५४१ जनाको मृत्यु भएको छ, यो अघिल्लो दिनको तुनलामा केही घटेको हो ।

मृत्युदरको हिसाबमा अमेरिका सबैभन्दा बढी प्रभावित देश हो भने दोस्रो इटाली हो । इटालीमा पनि मृत्युदर लगातार घट्दो क्रममा रहेको देखिन्छ । इटालीमा प्रभावितको संख्या १ लाख ७८ हजार ९७२ रहेको छ भने मृत्यु हुनेको संख्या २३,६६० जना रहेको छ ।

प्रभावका हिसाबले अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी, बेलायत, टर्की अनि चीन क्रमशः छन् भने मृत्यु संख्याको हिसाबले अमेरिका पहिलो(४०,५५५) इटाली दोस्रो(२३,६६०), स्पेन तेसो(२०,४५३), फ्रान्स चौंथो(१९,७१८), बेलायत पाचौँ(१६,०६०), बेल्जियम छैठौं(५,६८३), इरान सातौँ(५,११८) र चीन आठौँ(४,६३२) क्षति व्यहोर्ने देशमा छन् ।

नेपालमा कोरोना भाइरस अपडेट :
नेपालमा २४ घण्टामा संक्रमितको संख्या स्थिर छ । २४ घण्टामा नेपालमा कोही पनि नयाँ संक्रमित थपिएका छैनन् । नेपालमा संक्रमितको संख्या ३१ रहेको छ भने ४ जना निको भएर घर फर्किसकेका छन् । आइतबारसम्म ८०८१ जनाको स्बाव परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चीनको वुहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत ३२ वर्षीय पुरुषमा नेपालमा पहिलोपटक कोरोना पोजिटिभ देखिएको थियो । ती पुरुष निको भएर घर फर्किएका थिए । हाल २९ जना उपचाररत छन् ।

चैत्र २३ गते कोरोना संक्रमित एक व्यक्तिबाट अर्काेमा सरेपछि नेपाल कोरोना भाइरसको दोस्रो चरणमा प्रवेश गरेको छ । दुबईबाट फर्केका कैलालीका संक्रमित एक युवाबाट उनको भाउजुमा कोरोना भाइरस पोजेटिभ देखिएपछि दोस्रो चरण सुरु भएको हो । युवासँग भेट भएको १२ दिनपछि उनकी भाउजुमा संक्रमण भएको थियो ।

कोरोनाको चरण हेर्दा यसका चार चरण रहेका छन् । व्यक्तिमा सिमित संक्रमण (विदेशबाट फर्केर आएका) पहिलो चरण हो । ट्राभल हिस्ट्री भएको व्यक्तिमार्फत परिवारमा संक्रमण देखिनु दोस्रो चरण मानिन्छ । एउटा समुदायबाट अर्को समुदायमा पैmलनु तेस्रो चरण हो भने महामारीको रुप लिएको अवस्था चौथो चरण हो ।

फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल एक युवती(निको भएर घर फर्किएसकेको अवस्था) मा चैत्र १० गतेको परीक्षणमा कोरोना संक्रमित भएको पुष्टि भएपछि भोलिपल्ट अर्थात् चैत्र ११ गतेदेखि सरकारले देशभर लकडाउन गरेको थियो । सरकारले ११ गते मंगलवार बिहान ६ बजेदेखि चैत १८ सम्म लागू हुनेगरी गरेको लकडाउन चौंथो हप्तासम्म लम्बाएर आगामी वैशाख १५ गते सम्म पु¥याइएको छ । विश्वभर तथा छिमेकी देश भारतमा समेत संक्रमितको संख्या बढीरहेका कारण नेपालको लकडाउन बढ्ने सम्भावना देखिन्छ ।

अर्को छिमेकी देश भारतमा संक्रमित र मृत्य हुनेको संख्या अघिल्लो दिनको तुलनामा बढेको छ । १७,६१५ जना संक्रमित रहेको र ७१४ जनाको मृत्यु भएको देखिन्छ । २४ घण्टामा १८९३ नयाँ संक्रमित थपिएका छन् भने १९३ जनाको मृत्यु भएको देखिन्छ । भारतमा कोरोनाका कारण प्रभावित हुने र मृत्यु हुनेमा यो उच्च रहेको छ । अघिल्लो दिन १३७० जना नयाँ संक्रमित थपिएका थिए भने ३५ जनाको मृत्यु भएको थियो ।

यस्तो छ कोरोना भाइरसको पछिल्लो अपडेट तथ्याङ्क

 

वि.सं.२०७७ वैशाख ८ सोमवार ०८:२३ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

देउखुरी (दाङ) । घोराही उपमहानगरपालिका–१७ कर्जाहीमा छ वर्ष अघिसम्म जलाशय...

घूस लिएको अभियोगमा मुद्दा दायर

घूस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा...

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण...

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिको प्रतिवेदन,...