back
CTIZAN AD

बिश्व ट्रेड युनियन महासंघ नेपालद्धारा प्रवासमा रहेका नेपालीको जीवन रक्षाको माग

वि.सं.२०७७ वैशाख १२ शुक्रवार

837 

shares

१२ बैशाख, काठमाण्डौं । विश्वव्यापी कोरोना संक्रमणको महामारी र त्यसले विश्वभर रहेका नेपाली कामदारमाथि परेको समस्यालाई मध्येनजर गर्न तथा उनीहरुको जीवन रक्षाको माग गरिएको छ ।

बिश्व ट्रेड युनियन महासंघ, समन्वय समिति नेपालले संसारका विभिन्न देशमा रहेका प्रवासी नेपाली कामदारलाई सुरक्षित गर्न अपिल गरेको हो ।

नेपालबाट सस्तो श्रममूल्यमा लाखौं श्रमिकहरु श्रम संझौता गरि विभिन्न पचासौं मुलुकहरुमा लागि काम गराईएको अवस्थामा बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण ती गन्तव्य मुलुकहरुमा पनि लकडाउन भएको र नेपालीहरु कार्यरत उधोग धन्दा, व्यापार ब्यबसाय समेत बन्द भएकाले श्रमिकहरु समस्यामा परेको भन्दै जीवन रक्षाकाको माग गरेको हो ।

महासंघ समन्वय समितिका संयोजक प्रेमल कुमार खनालले एक विज्ञप्ति जारी गर्दै भनेका छन् ‘उनीहरुको रोजगारी समेत असुरक्षित बन्दै जाने, संंक्रमणका कारण कतिपय श्रमिकहरुको मृत्युु हुनुका साथै गंभीर बिरामीको अबस्थामा रहन बाध्य हुनुपर्ने स्थितिप्रति यतिखेर सम्बद्ध निकायहरू गंभीर बन्नु पर्ने देखिन्छ ।’

अन्तराष्ट्रिय आप्रवासी कानुनले आप्रबासी श्रमिकलाई सम्बन्धित देशका नागरिक र श्रमिक सरह सुरक्षित हुन र बांच्न पाउने अधिकारलाई सुनिश्चित गरेकोले यस्तो बिपत्तिको घडीमा नेपाल सरकार र बिदेशस्थित कुटनैतिक नियोगहरु अझ बढी जिम्मेवारी बोधका साथ नेपाली श्रमिकहरुलाई ती देशहरुमा सुरक्षित साथ बसोवास गराउने ,स्वास्थ्य र खानपिनमा हेरबिचार पुर्याई समान व्यवहार गर्न गराउन युद्धस्तरमै पहलकदमी गरि सबैको स्थितिलाई सुरक्षित गराउन अपिल गरिएको छ ।


‘यसका साथै अन्तरास्ट्रिय श्रम संगठन (आईएलओ) मार्फत पनि आप्रवासी श्रमिकहरुलाई पनि सुरक्षित गर्न र समान व्यवहार गर्न गराउन सहयोगको लागि सरकारको तर्फबाट अनुरोध गरि पहलकदमी लिन जरुरी छ ।’ उक्त विज्ञप्तिमा भनिएको छ, ‘साथै हरेक गन्तव्य मुलुकमा कार्यरत श्रमिकहरुको अबस्थाबारेमा कुटनैतिक नियोगहरुबाट नियमित रुपमा जानकारी हुने गरि सूचना सम्प्रेषण गर्न प्रभाबकारी संयन्त्र निर्माण हुन जरुरीछ ।’

वि.सं.२०७७ वैशाख १२ शुक्रवार ०९:२४ मा प्रकाशित

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने...

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...