१२ बैशाख, काठमाडौँ । अष्ट्रेलियाई क्रिकेट टिमका कप्तान एरण फिंचले २०२० मा अष्ट्रेलियामा हुने भनिएको टि-२० वल्ड कप स्थगित हुन सक्ने संकेत दिएका छन ।
अष्ट्रेलियाका कप्तान एरण फिंचले टि-२० वल्डकप र्हेनका लागि दर्शकले तोकिएको समय भन्दा बढि कुर्न पर्ने बताएका छन । कप्तान फिंचले कोरोना भारइरसका कारण टि-२० वल्ड कप ३ महिनाका लागि स्थगित हुन सक्ने छ भनेर भनेका छन ।
अष्ट्रेलियामा हुने २०२० को टि-२० वल्ड कप १८ अक्टुबर देखी सुरु हुने भनिएको छ । कोरोना भाइरसका कारण अष्ट्रेलियाई सरकारले सेप्टेम्बर सम्मका लागि विदेशबाट आउने यात्रीमा प्रतिबन्ध लगाएको छ ।
एरण फिंच सँगै न्युजिल्याण्डका पुर्वकप्तान बे्रंन्डन म्याकुलमले पनि टि-२० वल्ड कप ३ महिनाको लागि स्थगित हुने सक्ने छ भनेर भनेका छन ।
वि.सं.२०७७ वैशाख १२ शुक्रवार ०९:०३ मा प्रकाशित






























