back
CTIZAN AD

यस्तो छ अघिल्लो दिनको कोरोना अपडेट, भारतमा बढ्दो

वि.सं.२०७७ वैशाख १२ शुक्रवार

750 

shares

१२ वैशाख, काठमाडौँ । चीनको हुवेईको वुहान सिटीबाट सुरु भै इटाली, स्पेन र अमेरीकालाई थला पार्दै नोबेल कोरोना भाइरस अर्थात् (कोभिड १९) अहिले विश्वका २१० देश पुगिसकेको छ ।

२०७७ वैशाख १२ (सन् २०२० अप्रिल २४) बिहान .०० बजेसम्मको प्राप्त समाचार अनुसार संसारका २७ लाख १८ हजार ६९९ मानिसमा कोरोना भाइरस सल्केको छ । भने ज्यान गुमाउनेको कूल संख्या १,९०,६५४ रहेको छ । एकैदिन ८१०१८ नयाँ कोरोना संक्रमित थपिएका छन् भने ६४३५ जनाको मृत्यु भएको छ, अघिल्लो दिनको तुलनामा संक्रमित थोरै बढेको छ भने मृत्यु संख्या थोरै घटेको छ ।

निको भएर घर फर्किएकाहरु संख्याका ७४५,६२० छ भने उपचाररत हालको बिरामीको संख्या १,७८२,४२५ रहेको छ । जसमध्ये १७२३,७४७ को अवस्था मध्यम छ भने ५८,६७८ को स्थिति गम्भिर रहेको छ ।

पछिल्ला केहि दिनदेखि संक्रमित भएर निकोहुनेको संख्यामा कमि भएको छ । यसअघि २१ प्रतिशत बिरामी निको हुने गरेकोमा अहिले २० प्रतिशतमा झरेको छ ।

वल्र्डोमीटरका अनुसार अहिले सबैभन्दा बढी प्रभावित हुने र मृत्यु हुनेमा लगातार अमेरिका नै अघि देखिन्छ । अमेरिकामा मात्रै प्रभावितको संख्या ८८०,२०४ पुगेको छ भने ४९,८५४ को मृत्यु भएको छ । एकै दिन ८७१२५ नयाँ संक्रमित थपिएका छन् भने २१७८ जनाको मृत्यु भएको छ, यो अघिल्लो दिनको तुनलामा संक्रमित बढे पनि मृत्यु दर थोरै घटेको हो ।

मृत्युदरको हिसाबमा अमेरिका सबैभन्दा बढी प्रभावित देश हो भने दोस्रो इटाली हो । इटालीमा भने अघिल्लो हप्ता देखि नै मृत्युदर लगातार घट्दो क्रममा रहेको देखिन्छ । इटालीमा प्रभावितको संख्या १८९, ९७३ रहेको छ भने मृत्यु हुनेको संख्या २५,५४९ जना रहेको छ ।
प्रभावका हिसाबले अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी, बेलायत, टर्की, इरान अनि चीन क्रमशः छन् भने मृत्यु संख्याको हिसाबले अमेरिका पहिलो(४९,८५४) इटाली दोस्रो(२५,५४९), स्पेन तेसो(२२,१५७), फ्रान्स चौंथो(२१,८५६), बेलायत पाचौँ(१८,७३८), बेल्जियम छैठौं(६,४९०), इरान सातौँ(५,४८१), जर्मनी आठौँ(५५७५) र चीन नवौँ (४,६३२) क्षति व्यहोर्ने देशमा छन् ।

नेपालमा कोरोना भाइरस अपडेट :
नेपालमा २४ घण्टामा ३ संक्रमित थपिएका छन् भने दुई जना निको भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ भने १० जना निको भएर फर्किएका छन् । बुधबारसम्म ९२०० जनाको स्बाव परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
चीनको वुहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत ३२ वर्षीय पुरुषमा नेपालमा पहिलोपटक कोरोना पोजिटिभ देखिएको थियो । हाल ३८ जना उपचाररत छन् ।

चैत्र २३ गते कोरोना संक्रमित एक व्यक्तिबाट अर्काेमा सरेपछि नेपाल कोरोना भाइरसको दोस्रो चरणमा प्रवेश गरेको छ । वैशाख १० गते उदयपुरमै पुनः ३ जना नयाँ संक्रमित थपिएपछि यसलाई तेस्रो चरण भनेर केही जानकारहरुले भनेका पनि छन् । दुबईबाट फर्केका कैलालीका संक्रमित एक युवाबाट उनको भाउजुमा कोरोना भाइरस पोजेटिभ देखिएपछि दोस्रो चरण सुरु भएको हो । युवासँग भेट भएको १२ दिनपछि उनकी भाउजुमा संक्रमण भएको थियो ।

कोरोनाको चरण हेर्दा यसका चार चरण रहेका छन् । व्यक्तिमा सिमित संक्रमण (विदेशबाट फर्केर आएका) पहिलो चरण हो । ट्राभल हिस्ट्री भएको व्यक्तिमार्फत परिवारमा संक्रमण देखिनु दोस्रो चरण मानिन्छ । एउटा समुदायबाट अर्को समुदायमा फैलनुतेस्रो चरण हो भने महामारीको रुप लिएको अवस्था चौथो चरण हो ।

फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल एक युवती(निको भएर घर फर्किएसकेको अवस्था) मा चैत्र १० गतेको परीक्षणमा कोरोना संक्रमित भएको पुष्टि भएपछि भोलिपल्ट अर्थात् चैत्र ११ गतेदेखि सरकारले देशभर लकडाउन गरेको थियो । सरकारले ११ गते मंगलवार बिहान ६ बजेदेखि चैत १८ सम्म लागू हुनेगरी गरेको लकडाउन चौंथो हप्तासम्म लम्बाएर वैशाख १५ गते सम्म पु¥याइएको छ ।

अर्को छिमेकी देश भारतमा संक्रमित र मृत्य हुनेको संख्या अघिल्लो दिनको तुलनामा बढेको छ । २३,०३९ जना संक्रमित रहेको र ७२१ जनाको मृत्यु भएको देखिन्छ । १६६९ जनाको नयाँ संक्रमित थपिएका छन् भने भने ४० जनाको मृत्यु भएको छ ।

यस्तो छ कोरोना भाइरसको पछिल्लो अपडेट तथ्याङ्क:

वि.सं.२०७७ वैशाख १२ शुक्रवार ०८:३८ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...