back
CTIZAN AD

मावि चलाउन २१ लाख चन्दा

वि.सं.२०७३ पुस ६ बुधवार

783 

shares

६ पुस,बागलुङ । जिल्लाको अधिकारीचौरस्थित विद्या विकास माध्यमिक विद्यालयलाई स्थानीयवासीले २१ लाखभन्दा बढी रकम चन्दा सहयोग गरेका छन् ।

चालु शैक्षिकसत्रदेखि मावि तह सुरु गरेको विद्यालय आर्थिक समस्यामा परेपछि गाउँलेले रकम जुटाएका हुन् । विद्यालय प्रभावित क्षेत्रका ५० भन्दा बढी घरधुरीबाट २१ लाख २८ हजार रुपैयाँ आर्थिक सहयोग सङ्कलन भएको जनाइएको छ । शिक्षकको तलबभत्ता, पूर्वाधार निर्माण र कक्षा व्यवस्थापनका लागि सहायता जुटाइएको विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमेश बुढाका अनुसार अभिभावकले न्यूनतम पाँच हजारदेखि एक लाख रुपैयाँसम्म सहयोग गरेका छन् । दलित र जनजाति समुदायका विद्यार्थीले अध्ययन गर्ने यस विद्यालयको मावि तह चलाउन समस्या भएपछि चन्दा सहयोग उठाइएको हो । “न्यून शिक्षक दरबन्दीका कारण आर्थिक भार थेग्न नसकेपछि अभिभावकबाट चन्दा सङ्कलन गरेका हौँ,” अध्यक्ष बुढाले भन्नुभयो – “चन्दा रकमबाट कोष निर्माण गरी त्यसैबाट विद्यालय चलाएका छौँ ।”

विद्यालय सञ्चालनका लागि अन्य कुनै स्रोत नभएपछि अभिभावकबाट चन्दा उठाउनुपर्ने बाध्यता आएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । यसअघि नजिकमा मावि तहको विद्यालय नहुँदा विद्यार्थीलाई घन्टौँ लगाएर अन्यत्रको विद्यालयमा जानुपर्ने बाध्यता थियो । विसंं २०१९ मा स्थापना भएको यस विद्यालयमा अधिकारीचौर–४, ५ र ६ का तीन सय १५ जना विद्यार्थीले पढ्दै आएका छन् । विद्यालयका प्रधानाध्यापक खुमबहादुर अदै र अधिकारीचौर वडा नं ५ का सुरेन्द्रकुमार बुढामगरले सबैभन्दा बढी एक–एक लाख रुपैयाँ सहयोग गर्नुभएको छ ।

कमजोर आर्थिक अवस्था भएका ३८ घरधुरीबाट चन्दा सहयोग नउठाइएको विद्यालयले जनाएको छ । विद्यालयमा एकजना शिक्षकको पनि स्थायी दरबन्दी छैन । आधारभूत तहमा चार अस्थायी र दुई राहत दरबन्दीका शिक्षकबाहेक सबै शिक्षक निजी स्रोतबाट राखिएको छ । निजी स्रोतका शिक्षकलाई तलबभत्ता खुवाउन मात्रै वार्षिक पाँच लाख ७६ हजार रुपैयाँ खर्च हुने गरेको विद्यालयले जनाएको छ । शिक्षक दरबन्दीको असमान वितरणले पनि दुर्गमका विद्यालय यसरी नै समस्यामा पर्ने गरेका छन् । अहिले पनि सुगमका विद्यालयमा दरबन्दी बढी हुने र दुर्गममा न्यून हुने समस्या यथावत् छ । अर्थाभाव झेलेका विद्यालयले चन्दा सहयोगबाटै विद्यालय धान्दै आएका छन् । रासस

वि.सं.२०७३ पुस ६ बुधवार १०:५२ मा प्रकाशित

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन : राष्ट्र बैंक

वीरगञ्ज (पर्सा) । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले...

मृतकको पहिचान खुल्यो

मृतकको पहिचान खुल्यो

महेन्द्रनगर । कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका...

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

मिर्गाैला बचाउन बुटवलमा सचेतनामूलक साइकल -याली

लुम्बिनी। विश्व मिर्गाैला दिवसका अवसरमा बुटवलमा आज सचेतनामुलक साइकल ¥याली...

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । यहाँको धनगढीमाई नगरपालिका—१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला...

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

महेन्द्रनगर । पुर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा बुधबार दिउँसो जिप र...

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

कञ्चनपुर ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले लामो समयदेखि भोग्दै...