back
CTIZAN AD

चिनीया राजदूतको बढ्दो सक्रियता, आज बिहानै प्रचण्डलाई भेटिन्

वि.सं.२०७७ वैशाख १९ शुक्रवार

780 

shares

१९ वैशाख,काठमाडौँ । नेपालका लागि जनवादी गणतन्त्र चीनकी राजदूत हौ यान्छीले केहि दिन यता सक्रियता बढाएकी छन् । आज शुक्रवार बिहानै उनले नेकपा अध्यक्ष प्रचण्डसँग भेट गरेकी छन् ।

पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल प्रचण्डको निवासमै पुगी उनले भेट गरेकी हुन् ।

चिनियाँ राजदूत हौ यान्छीले बिहिबार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारी र चिनीया राष्ट्रपति सिजीन पिंग बिच टेलिफोन वार्ता भएको सार्वजनिक गर्दै द्धिपक्षिय चासो बढेको संकेत गरेकी थिइन् । उनले बिहिबार बेलुका मात्रै प्रधानमन्त्री केपी ओलीसँग पनि संवाद गरेको बताइएको छ । यसअघि दुई दिन अगाडि मात्रै नेकपाका वरीष्ठ नेता तथा विदेश बिभाग प्रमुख एवम् पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले चिनियाँ कम्युनिस्ट पार्टीको बिदेश विभाग प्रमुख सोङ्ग ताओसङ्ग तीन घण्टा भिडियो कन्फरेन्स गरेका थिए । सो कन्फ्रेन्समा प्रदेश पार्टी इन्चार्जहरु साथै बिज्ञ समेत सहभागी थिए ।

यी सबै घटनाक्रममा सक्रिय रहेकी राजदूत यान्छीले नेपालमा बिकसित राजनैतिक घटनाक्रम, महामारी नियन्त्रण साथै नेकपाको आन्तरीक सवालबारे चासो देखाएको र नेकपा अध्यक्ष प्रचण्डले मित्र राष्ट्र चीनको बढ्दो सहयोग एवम् चासोप्रति धन्यवाद दिंदै नेकपा अझ एकताबद्ध हुने विश्वास दिलाएको नेकपा स्रोतले बताएको छ ।

(तस्विर : किशोर श्रेष्ठको फेसबुकबाट)

वि.सं.२०७७ वैशाख १९ शुक्रवार ११:३५ मा प्रकाशित

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौँ । इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने...

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...