back
CTIZAN AD

हुम्लाका दुई विद्यालयमा नियमित पठनपाठन

वि.सं.२०७७ वैशाख २० शनिवार

738 

shares

२० वैशाख, सिमकोट। हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका दुई विद्यालयमा बन्दाबन्दीका बेला पनि नियमित पठनपाठन भइरहेको छ । हिमालपारीको नामले चिनीने उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको हल्जी र जाङ गाउँका दुई विद्यालयमा अहिले पनि नियमित पठनपाठन भइरहेको छ ।

सुनखानी प्राथमिक विद्यालयका शिक्षक छिरिङ मेन्डाक तामाङले नयाँ शैक्षित्रसत्र शुरु भएको गत फागुनदेखि नै कक्षा सञ्चालन भइरहेकाले अहिले नेपाल सरकारले लकडाउन गरेको समयमा पनि विद्यालयमा पढाइ चलिरहेको बताए ।

सुनखानी प्राथमिक विद्यालयमा नेपाली पाठ्यपुस्तकसहित तिब्बतियन भाषा र ज्ञानका कुरा पनि पढाइ हुने गरेको छ । यो विद्यालयमा हाल ४५ विद्यार्थीले नियमित पठनपाठन गर्दै आएका छन् । जाङ र हल्जी गाउँमा अझैसम्म बाक्लो हिउँ भएकाले बाहिरका शिक्षक उपस्थित हुन नसक्दा स्थानीय शिक्षकले पठनपाठन गराइरहेका विद्यालयका प्रधानध्यापक कर्णजीत बुढाले जानकारी दिए ।

यस्तै वडा ६ मा पर्ने जाङ गाउँमा रहेको भृकुटी प्राविमा पनि पठनपाठन चलिरहेको छ । सरकारी दरबन्दीका शिक्षक विद्यालयमा नपुगे पनि स्थानीय करार शिक्षकले पठनपाठन गराइरहेका छन् । लिमी जाने दुई नाका नारा र न्यालु हिमपातले बन्द हँुदा शिक्षक जान सक्ने अवस्था छैन । यी विद्यालयमा अभिभावकको सहयोगमा बिहानको खाना र दिउँसोको खाजा विद्यालय मै व्यवस्था गरिएको छ । गाउँका सबैले पालैपालो विद्यार्थी तथा शिक्षकलाई खाना तथा खाजा पकाएर खुवाउने व्यवस्था गरिएको छ ।

वडा नं ६ का अध्यक्ष पाल्जोर तामाङका अनुसार लिमी उपत्यकाको भित्री क्षेत्रमा बन्दाबन्दीको कुनै प्रभाव नरहेको र अन्यत्रका मानिस कोही पनि आउन नपाउने स्थानीयको नियमले गर्दा पठनपाठन भइरहेको छ । शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख विष्णुबहादुर शाहीले विद्यालय सञ्चालनबारे कुनै जानकारी नभएको बताए । सदरमुकाम सिमकोटबाट चार दिन पैदल हिँडेपछि लिमी पुग्न सकिन्छ ।

वि.सं.२०७७ वैशाख २० शनिवार १०:४४ मा प्रकाशित

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङ ।  खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको...

तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणमा ६२ प्रतिशत प्रगति

तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणमा ६२ प्रतिशत प्रगति

दमौली (तनहुँ) ।  तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको...

भन्सार छलेर ल्याइएका  १२ विद्युतीय स्कुटर नियन्त्रणमा

भन्सार छलेर ल्याइएका  १२ विद्युतीय स्कुटर नियन्त्रणमा

वीरगञ्ज (पर्सा) ।  प्रहरीले भन्सार छली गरेर नेपाल भित्र्याइएका १२...

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...